तीज महोत्सब अमेरिका २०१८ : निशुल्क प्रबेश, तीजको दर खुवाइने, धक फेरेर गाउने, नाच्ने, तीज मनाउने ब्यबस्था, साथमा तीजको किनमेल स्टलहरु पनि !

इनेप्लिज २०७५ भदौ १६ गते १७:१९ मा प्रकाशित

मिती : सेप्टेम्बर ९ तारिख आईतवार
स्थान : दुर्गा मन्दिर फेयरफ्याक्स 8400 Durga Pl, Fairfax Station, VA 22039
समय : बिहान 10.30 बजे देखी
प्रबेश : निशुल्क
सबैलाई खुल्ला निमन्त्रणा 
सबैलाई निशुल्क प्रबेश, तीजको दर खुवाइने, धक फेरेर गाउने, नाच्ने, तीज मनाउने ब्यबस्था, साथमा तीजको किनमेल स्टलहरुको पनि ब्यबस्था ।        

आदरणीय नेपाली सँस्कृति प्रेमीज्यूहरू,
नमस्कार ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्गटन डि सी मेट्रो कमिटीको सँयुक्त आयोजनामा आगामी मिति सन् २०१८ सेप्टेम्बर ९ आईतवारका  दिन फेयरफ्याक्स स्टेशन (लोरटन ) स्थित
दुर्गा मन्दिरमा हरितालिका तीज कार्यक्रम भब्यताका साथ मनाउन गईरहेको ब्यहोरा सबैलाई अबगतै छ। उक्त कार्यक्रममा नाँच तथा गितमा भागलिन चाहने दिदी-बहिनीहरूले निम्न बमोजिम मापदण्डको पालना गरि निम्न लिखित सम्पर्क ब्यक्तिहरूलाई सम्पर्क गर्नु हुन सबैमा अनुरोध छ ।

नाँचमा भागलिन निम्न बमोजिम मापदण्ड (Criteria) को पालना गर्नु पर्नेछ।

क:- १०  बर्ष भन्दा माथिकालाई मात्र सहभागि बनाईनेछ।
ख:- समूहलाई मात्र सहभागि बनाईने छ। समूह कम्तिमा ४  जनाको  र बढीमा ६ जनाको हुनु पर्नेछ।
ग:- नाँच्दा साडी,कुर्तासुरूवाल,लेहङ्गा, गुन्यू चोली या लङ्ग स्कर्ट (जामा) लगाउनु पर्नेछ।
घ:- तीजको गीतमा मात्र नाँच्न दिईनेछ। र गीतको बोल नाम लेखाउदा नै उपलब्ध गराउनु पर्नेछ। तीज जितको नाममा उच्छृङखल गीतलाई मान्यता दिईने छैन।
ङ:- गीत बढीमा ५ मिनेटको हुनु पर्नेछ।
च:- कार्यक्रम शुरू हुनु भन्दा कम्तिमा ५ दिन अगाडी( September 4th सम्म ) नाम लेखाउनु पर्नेछ। नाम लेखाउदा गीतको बोल, समूह सँख्या पनि लेखाउनु पर्नेछ।गीत USB  Flash drive मा लिएर आउनु पर्नेछ।
ज:- कार्यक्रम स्थलमा नाम लेखाईने छैन।
झ:-सम्पर्क ब्यक्तिहरू:-
पुष्कर पन्त         :- 703-867-5962
मुकुन्द कोईराला  :- 5713552676
रोजा ओली        :- 7609890636
हामी हरेक हरेक लाई नाच्न र गाउन अबसर दिन्छौँ तर अब्यब्स्थित रुपमा होइन ब्यबस्थित रुपमा त्यसैले समय मै आ आफ्नो ग्रुपको नाम लेखाइ सहयोग गरिदिनुहुन सादर निबेदन छ ।

गीतमा भागलिन निम्न बमोजिम मापदण्ड (Criteria) को पालना गर्नु पर्नेछ।

क:- १६ बर्ष भन्दा माथिकालाई मात्र सहभागि बनाईनेछ।
ख:- तीजको पहिरनमा हुनु पर्नेछ। (साडी,कुर्तासुरूवाल,लेहङ्गा, गुन्यू चोली या लङ्ग स्कर्ट (जामा) लगाउनु पर्नेछ)
ग:- तीजको गीत मात्र गाईने छ।
घ:- गीत बढीमा ५ मिनेटको हुनेछ।
ङ:- समूह कम्तिमा ४ जनाको र बढीमा १६ जनाको हुनुपर्ने   छ।
च:- कम्तिमा ५ दिन अगाडी (September 4th सम्म) नाम लेखाउनु पर्नेछ।
छ:- कार्यक्रम स्थलमा नाम लेखाईने छैन।

अनुरोध:- यदि सम्पर्क ब्यक्तिहरूको फोन नउठेको खण्डमा कृपया टेक्स्ट म्यासेज गर्नु हुन अनुरोध छ ।

महिलाहरुको महान चाड तीज नजिकिँदैछ । यस बर्ष पनि हामीले गत एघार बर्ष देखी गर्दै आएको तीज महोत्सबलाई निरन्तरता दिने भएका छौं । तपाईंहरु सबैलाई तीज महोत्सबको चुल्हे निम्तो छ । आउनुस् तीजको दर खानुस, नाच्नुस, गाउनुस, रमाउनुस् ।
आकर्सण:
१- तीज गीत र नाच
२- दिदी बहिनीको खुला नाच, जसले पनि नाच्न र गाउन पाउने
३- निशुल्क तीजको दर ( खानाको ब्यबस्था )
४- प्रबेश निशुल्क
५- दुर्गा मन्दिर दर्शन, पूजा र तीज नाचगान ब्यबस्था एकै ठाउँँमा
६- निशुल्क पार्किङ ब्यबस्था
७- नेपाली महिलाहरुका लागि चुरा, पोते, सारी लगायतका सामाग्रीका स्टलहरु रहने जहाँ तपाईंले खोजेको रोजेको सामान किन्न पाउनुहुने छ ।
८ – स्टल राख्न चाहनुहुने, स्पोन्सर गर्न चाहनुहुने महानुभाबहरुले हामीहरुसँग संपर्क राख्न सक्नुहुनेछ ।
९ – यस पटक अझ बिशेष र भब्य रुपमा तीज महोत्सब हुने छ । कृपया आफ्नो क्यालेन्डर मार्क गर्न नभुल्नुहोला ।

आयोजक:
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो कमिटी
र अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका

संपर्क:
रामप्रसाद खनाल
होमनाथ सुबेदी
अरूण रूपाखेती
बिमला निरौला
रजनी श्रेष्ठ
भुपनारायण घर्तिमगर
नीरा शर्मा
पुष्कर पन्त
अनिल खनाल
रबीन्द्र श्रेष्ठ
नबिन केसी
लुना श्रेष्ठ
अनुपमा प्रसाईं
सारङ्गा श्रेष्ठ
दुर्गा रिजाल
पुष्पा घिमिरे
नीलकण्ठ सुबेदी
कृष्ण अधिकारी
बृहस्पति लम्साल
शकुन्तला अधिकारी
गोमा न्यौपाने
खगेन्द्र थापा
सन्देश शर्मा
मुकुन्द कोइराला
लोक कुमारी सुबेदी
बिकास अधिकारी
संगीता पन्त
सुजना ढकाल
सुनीता खत्री
बिना घर्तिमगर
मनिषा प्रसाई
अम्बिका गुरुङ
बिश्वराज थापा
डा. गुण सुबेदी
डा. रघुनाथ अर्याल
डा. अनिल सुवाल
डा. राजेश सुबेदी
डा. सुरेश बस्नेत
डा. सुनिल शर्मा
डा. राजु बिक
डा. जुडी फ्रेडिक्सन
डा. नन्दिता सुबेदी
डा. रेहा पोखरेल
डा. कबिता घिमिरे
डा. होम बहादुर थापा
गुणराज लुइँटेल
अशोकनाथ तिवारी
मन कुमारी थापा
सुजीत अर्जेल
गोबिन्द मैनाली
प्रेम सङ्रौला
खेम भट्टचन
मोनिका माली
हरि घिमिरे
बिजया शाह
प्रकाश नेपाल
भीम रेग्मी
मन्जु कार्की
सुदीपभद्र खनाल
राजिब मैनाली
डा. गोपी उप्रेती
चेतन सिटौला
सीता पाण्डे
पुरु सुबेदी
खिमानन्द आचार्य
दीप्ती शर्मा
रोजा वली
पवन वली
सुनिल मणी दाहाल
नीना पोख्रेल

एबम

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो कमिटी
र अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका समस्त परिवार

प्रतिक्रिया