विजय थापा ,”अमेरिकामा “भन्ने शिर्षकमा मात्र लेखेको लेखको हिसाव गर्ने हो त्यसको लेखाजोखा नै छैन । आफूलाई कलम चलाउन मनोरंजन लाग्ने हुनाले पाठक वर्गले मन पराई दिनु हुने हुनाले लेखि रहन्छु ।
अमेरिकामा ३ चिज लाई जोडेर लेखि रहन्छु । आज पनि यसै बिषयमा केन्द्रित रहेर कलम चलाउदै छु । जो सुकै होस् राम्रा कुरा सुनाउने र नराम्रा कुरा लुकाउने बिश्व ब्यापी प्रचलन छ । हामी पनि यस बाट मुक्त हुन् सकेका छैनौ । राम्रो कुरा सुनाउदा संदेश राम्रो जाने हुन्छ । समाजले सकारात्मक रुपले ग्रहण गर्दछ । तर नराम्रो कुरा सुनाउदा नराम्रो असर पर्ने हुनाले नराम्रो या नकारात्मक कुराहरु गोप्य राख्ने प्रचलन छ ।
तर अन्तत्वगत्वा सामाजिक संजाल मुहार पुस्तिका तथा अन्य कुनै पनि तरीकाले नराम्रो कुराहरु सतह बाहिर आईहाल्छ । सामाजिक संजालमा हामी राम्रा कुराहरु बिज्ञापन गर्छौ ।
जागिर :
अमेरिकामा हामी कसैले जागिर पायौ ,तलब वृद्धि भयो ,बढुवा भयो ,सम्मान भयौ ,कहिले नसोचेको कुरा भयो ,आफुले चाहेको नया बिभागमा सरुवा भयो ,आफुले पढे अनुसारको जागिर पाइयो आदि इत्यादि कुरामा हामी सर्वप्रथम सामाजिक संजालमा राख्न किर्तिमान कायम गर्छौ ।
ठिक बिपरित ,जागिर एकै छिनमा खुस्क्यो ,जागिर बाट निकालियो ,आरोप लाग्यो आज देखि नआउनु भन्यो ,नीति बिपरित काम गरेर निस्काशित गरियो ,घटुवा भयो ,नराम्रो विभागमा सरुवा भयो भने त्यो कदापी राख्दैनौ । राख्ने सवाल नै हुदैन ।
जागिर बाट हटाइएको ,निकालिएको र नआउनु भनेको कुरा घर परिवार बाहेक भन्दैनौ । भन्नु पर्ने जरुरी पनि छैन । अमेरिकामा नेपाल जस्तो भनि रहनु पर्ने हुदैन ।
जागिर बाट हटाइएको भने पछि हिम्मत दिने ,हौशला दिने ,प्रोत्साहन गर्ने ,सहानुभूति दिने ,उपाय गरि दिने ,सोध खोज गर्ने आदि पनि साथीभाई इष्टमित्र पनि हुन्छन । त्यसैले सुख र दुखका कुराहरु सुनाउदा त्यसको असर र प्रभाव नकारात्मक मात्र हुन्छ भन्ने हुदैन ?
मधुमेय रोग :
अर्को कुरा रोग बिषयमा चर्चा गर्न मन लागेको छ । अमेरिकामा पहिला पुस्ताका मानिस धेरै छन् । उमेर बित्दै छ । हरेक बर्ष बृद्ध र उमेरले डाडो काटी रहेको हुन्छ । उमेर अनुसार रोगले च्याप्ने अवस्थाका नेपालीले आफुलाई डायबेटिज ,चिनी रोग अर्थात् मधुमेय रोग लागेको भन्ने गर्दैनन् । तर नेपालमा भने खुलेआम मलाई चिनी रोग छ । र गुलियो चिज बाट साबधान हुनु पर्छ र खानु हुदैन भन्ने गर्छन ।
तर अमेरिकामा खुलेर यसरी नभन्ने तर म गुलियो नखाने र भात पनि नखाई अन्य कुराहरु खाने ईच्छा गरेको बुझिन्छ । हामीले यसरी बुझ्नु पर्ने हुन्छ । अर्थात् यौन रोग तथा भयानक रोग लागेमा गोप्य भन्ने कुरा जायज हुन्छ। तर वंशानुगत रुपमा हुने चिनी अर्थात् डायबेटिज भएमा खुला रुपमा भने के फरक पर्छ । यस्तामा कुराहरु आफन्त ,साथीभाई लाई भन्दा केही फरक पर्दैन ।
सवारी साधन चालक अनुमति पत्र :
तेश्रो ,सवारी साधन चालक अनुमति पत्र अर्थात् ड्राईभर लाईसेन्स बारेमा हामी कुरा किन लुकाउछौ । यसमा लुकाउनु पर्न भन्ने केही छैन । भएन भने हामी किन भएन भन्न सक्दैनौ ।
अमेरिकामा सवारी साधनको लागि चालक अनुमति पत्र लिन निकै गाह्रो हुन्छ । तर सवारी साधन कुदाउन सरल भएता पनि चालक ईजाजत पत्र लिन कठिन हुन्छ । सवारी साधनको चालक अनुमति लिन लिन सफल भएको छ भने सामाजिक संजालमा आउछ । मानौ युद्ध जिते झैँ गरिन्छ । तर एक पटक विफल ,दुई पटक विफल ,तीन पटक विफल तथा क्रमस विफल भएको छ भने हामी सुनाउदैनौ । किनभने हामीलाई लाज लाग्ने हुन्छ । तर नेपालमा भने असफल भए फेरि परीक्षा दिनु पर्छ भनिन्छ । र ,हामीले पनि भन्ने गरेका थियौ ।
तर अमेरिकामा अधिकांशले परिवार भित्र मात्र चालक अनुमति पत्र लिन असफल भएको भन्ने गर्छन । जति पटक लगाएर अनुमति पत्र लिए पनि सामाजिक उत्सव या अन्य भेटघाटमा एकै पटकमा लिएको भन्ने धाक पनि लगाउन हामी पछि पर्दैनौ । यस्ता कुराहरु सुनिन्छ । असफल भएको भन्दा खिसी गर्ने र साथीभाई बीच हिनताबोध या अन्य कुरामा तल पर्ने जस्तो लागेर हो या अरुलाई प्रभाव जमाउन हो आफूले एकै पटकमा चालक अनुमति पत्र लिएको भनें गरिन्छ ।
आखिरमा चालक अनुमति पत्र लिने कुरा केही पनि हैन । मानिसलाई आवश्यक पर्ने हुनाले लिनु पर्छ । १० पटक विफल भए पनि आखिर चालक अनुमति पत्र प्राप्त भयो भने त्यो नै काफी हुन्छ । फुर्ती लगाउने र आफू तीक्ष्ण बुद्धि भए झैँ गर्ने गर्नु पर्ने आवस्यक नै हुदैन ।
सत्य कुरा पछि आफै बाहिर निस्कन्छ । तसर्थ जे अमेरिका जे जस्तो परिणाम आएता पनि ईमान्दार हुन् सिकौ ।
प्रतिक्रिया