नेपाल प्रहरीको यस्तो ज्यादती ! लाठिले हानेर टाउको फुटाल्दिए ! (LIVE भिडियो सहित)

इनेप्लिज २०७५ भदौ १४ गते ११:१५ मा प्रकाशित


गण्डकी प्रदेशका सामाजिक परिचालकमाथी बुधबार प्रहरीले हस्तक्षेप गर्दा ३ जना सामाजिक परिचालक गम्भीर घाईते भएका छन् । पुर्नवहालीको माग राख्दै १८ दिनदेखि आन्दोलन गरिरहेका सामाजिक परिचालकमाथी मुख्यमन्त्रीको कार्यालय प्रवेश द्धार मै लाठीचार्ज गरिएको हो ।

प्रहरी लाठी र बुटले हानेको सामाजिक परिचालकहरुले बताएका छन् । प्रहरी कुटाईबाट सामाजिक परिचालक संघ गण्डकीकी सचिव भावना श्रेष्ठ, कास्कीकी संगीता भण्डारी र पर्वतकी सचिनाकुमारी शर्मा बढी घाईते भएका छन् । उनीहरुको टाउकोमा चोट लागेकोले गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ । हेर्नुहोस यो दर्दनाक भिडियो:

https://www.youtube.com/watch?v=5F-eFfPym9I

प्रतिक्रिया