फेवातालमा फेरी घट्यो दुःखद् घटना, १७ बर्षिय केटी यस्तो अवस्थामा भेटिईन्

इनेप्लिज २०७५ भदौ १४ गते १०:४२ मा प्रकाशित

पोखराबाट बेपत्ता भएकी एक किशोरी फेवातालमा मृत फेला परेकी छिन् । उनी आईतबार राती १२ बजेतिर फेवातालमा हामफालेको बताईएको छ ।
पुम्दीभुम्दी स्थित कोदीकी १८ बर्षिय सुस्मीता लामिछाने मृत भेटिएकी हुन् । उनी छोरेपाटन उच्च माविको १० कक्षामा पढ्थिन् ।

राती १२ बजे ड्यामसाईडबाट साथी र नजिकको दाजुलाई म्यासेज गरेर वेपत्ता भएकी उनको झोला र मोवाईल ड्यामसाइडकै फेवा किनारमा भेटिएको थियो । उनी साढे ४ बजेतिर घरबाट निस्किएको परिवार श्रोतले बताएको छ ।

नेपाल प्रहरीको रेस्क्यु टोलीले उनको शव निकालेको हो । घटनाबारे अनुसन्धान भैरहेको कास्की प्रहरी प्रबक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।

https://www.youtube.com/watch?v=YLzUB708M-U

प्रतिक्रिया