युएस नेपाल पोलिसी रिसर्च सेन्टर को तेस्रो सम्मेलन सम्पन्न

इनेप्लिज २०७५ भदौ १३ गते ३:०२ मा प्रकाशित

अगष्ट २८, बोस्टन
नेपाली अमेरिकन बिज्ञहरु को संस्था युएस नेपाल पोलिसी सेन्टर को तेस्रो वार्षिक सम्मेलन र बोर्ड बैठक बोस्टन शहर मा सम्पन्न भएको छ ।

बोस्टन को हावार्ड विश्व विध्यालय मेडिकल स्कूल को सभा हल मा ६५ विज्ञहरु र दर्जनौ स्थानीय को उपस्थितिमा सम्पन्न सम्मेलन मा नेपाल र अमेरिका का १७ राज्य बाट २४ जना विज्ञ हरु द्वारा विषयगत प्रस्तुतीकरण र सवाल जवाफ भएको थियो ।

नेपालको समावेसी बिकास मा मानवीय स्रोत बिकास लाई कसरी संस्थागत गर्ने केन्द्रीय विषय रहेको सम्मेलन को संयोजन युएसएनपीआरसीका सदस्य तथा हाबर्ड बिश्व बिद्यालयका बैज्ञानिक दीनबन्धु भट्ट ले गर्नु भएको थियो । सम्मेलनमा बिज्ञहरु डा सुरेन्द्रराज देवकोट, डा आमोद पोख्रेल्, डा आलोक देवकोटा, डा यादव पन्डित्, डा सुमन पराजुली, अमेरिकि सरकार डिपार्टमेन्ट अफ कमर्सका डा अमिताभ दास , डा तिलक भन्डारी, डा कूल काप्री, डा शेखर रेग्मी, शिखर भट्टराई, रामचन्द्र पोखरेल, बंसलाल तामाङ , डा बिष्णु घिमिरे, डा अनोवा गुरुङ ,कोविद दाहाल , अजित बराल , राज सराफ , मुकेश बराल , नरेन्द्र जोशी, डा पंकज बराल , डा लक्ष्मीविलाश आचार्य , डा प्रकाश श्रेष्ठ डा शिवहरी दाहाल , एडा थापा डा रुद्र अर्यालले बिभिन्न विषय मा प्रस्तुतीकरण र प्रस्नोत्तर गर्नु भएको थियो ।

नेपालको लागि र अमेरिका रहेका नेपालीका लागी संबन्धित सरकार र सरोकारवाला निकायहरु लाई बिभिन्न नितिगत विषयमा नेपाली बिज्ञहरु बाट सामुहिक र संथागत सहयोग र सुझाव दिने उद्देष्य रहेको यस संस्था को तेस्रो सम्मेलन पांचवटा सत्र मा बिभाजित रहेको थियो ।

संस्थागत संरचना र स्थानीय सरकारहरु विषयक सत्र को सभापतित्व र संचालन डा राजन पन्त, कृषि, प्रत्यक्षा बैदेशिक लगानी र आर्थिक बिकास बिषयक सत्र को सभापतित्व र संचालन डा अर्जुन बन्जाडे, बिदेशमा रहेका नेपाली र सुचना प्रविधी बिषयक सत्र को सभापतित्व र संचालन डा देश राज संयोक , स्वास्थ्य र बिकास बिषयक सत्रको सभापतित्व र संचालन जगदम्वा अधिकारी,र यु एस एन पी आर सी संस्था द्वार हाल संचालीत र भावी परियोजना सत्र को सभापतित्व र संचालन तरुण पौडेल ले गर्नु भएको थियो ।

सम्मेलनमा युएस नेपाल पोलिसी रिसर्च सेन्टर का अध्यक्ष डा आमोद पोखरेलले स्वागत तथा भावी योजना मन्तब्य, कार्यकारी सचिव डा अर्जुन बन्जाडेले संस्थाका गतिबिधीका बारेमा र दीन बन्धु भट्ट ले धन्यवाद मन्तब्य राख्नु भएको थियो । युएस नेपाल पोलिसी रिसर्च सेन्टरको बोर्ड बैठक बसी केहि संस्थागत विषयमा निर्णय गर्दै आगामी वर्ष चौथो सम्मेलन २०१९ को मे अन्तिम साता सान फ्रान्सिस्को मा आयोजना गर्ने र सन २०१९ को सुरु तिर काठमाण्डौ मा नेपाल मा नयाँ संथागत संरचना अवसर कि संकट विषय मा अन्तराष्ट्रीय सेमिनार आयोजन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया