ट्याक्टरका लेबर बन्दैछन गायक, आमाबुवा रुदा रोकिएन सपनको आशु, एकमुष्ट ५० हजार सहयोग (भिडियो सहित)

इनेप्लिज २०७५ भदौ १२ गते २३:३७ मा प्रकाशित


आमाबुवा रुदा रोकिएन सपनको आशु, एकमुष्ट ५० हजार सहयोग (भिडियो सहित)

इटहरी/ सुनसरीको रामधुनी नगरपालिका स्थित कुमारखत नीवासी सपन श्रेष्ठ पछिल्लो समय निकै चर्चामा छन् । सामान्य परिवारमा जन्मिएका सपनले जिन्दगि चलाउन धेरै संघर्ष गर्नुपर्यो । नेपालि सांगीतिक उधोगमा उदाउदै गरेका चम्किला तारा सपनलाइ तरहरा नीवासी ब्याबसायीहरुबाट थप आर्थिक सहयोग प्राप्त भएको छ । फर्म संचालक सन्त राइ, बस्नेत हार्डवरका संचालक तिर्थ बस्नेत र फर्निचर ब्यबसायी बिष्णु गिरिबाट एकमुष्ट नगद रु ५० हजार ३ सय १० रुपैया सपनलाइ हस्तान्तरण गरिएको छ । रकम हस्तान्तरण कार्यक्रममा सपनाका आमाबुवा सहयोगी मनहरुको सहयोग देख्दा खुसीले नरोई बस्न सकेनन, सो देखेर सपनको पनि आशु थामिएनन । हेर्नुस भिडियो ।

त्यस्तै, रामधुनी जनकल्याण चोकबाट नगद रु १० हजार प्राप्त भएको छ भने कुमारखत सामुदायिक बनबाट नगद पनि रु ५ हजार प्राप्त भएको छ । ट्याक्टरमा लेबर काम गर्दै आफु र आफ्नो परिवार जेनतेन चलाइरहेका सपनसंग अद्द्भुत गायकी क्षमता हुदाहुदै पनि कमजोर आर्थिक अवस्थाका कारण ओझेलमा परेका थिए । केहि महिना आगाडी मिडियामा आफुलाई सार्बजनिक गराएका सपनले मिडियाको साथ पाए संगै गायकिका लागि विभिन्न व्यक्ति तथा संघसस्थाहरुबाट आर्थिक सहयोग संगै विभिन्न अवसरहरु पाएका छन् ।

युट्युब मार्फत भाइरल बनेका सपन अहिले आफ्नो पहिलो गित रेकडिङ्गको तयारीमा छन् । गायकीमा आफ्नो स्वरको जादु देखाउदै सपनले केहिदिन आगाडी केबीए ग्लोबल एजुकेसन द्वारा प्रकाश ढुंगानाले आयोजना गरेको जुनि जुनिलाई कभर गायन कम्पिटिसनमा फस्ट रनरअप भएका थिए । सुमधुर स्वरका धनि सपनको गायकी तथा जिबनको भोगाइले जोकोहीलाई पनि भाबुक बनाउछ ।

उक्त्त कम्पिटिसनमा सपनले नगद २५ हजार र एउटा गित फ्री रेकडको अवसर प्राप्त गरका छन् । उक्त्त पुरस्कारबाट सपनको गित रेकड तथा म्युजिक भिडियो निर्माण गर्न थप सहजता हुने भएको छ । गायक राहुल बिस्वास र सन्ध्या जोशीको स्वरमा जुनी जुनीलाईको अफिसियल म्युजिक भिडियो भर्खरै युटुबमा सार्बजनिक गरिएको छ । हेर्नुस भिडियो ।

चर्चित गायक कमल खत्रीले सपनको सुमधुर स्वरबाट प्रभाबित हुदै सपनको लागि पहिलो गित आफ्नो सब्द तथा कम्पोज बिना पारिश्रमिक गर्ने र रेकर्डिङ्ग स्टुडियोमा समेत केहि छुट गराउने प्रतिबद्धता गरेका थिए । यस संगै सपनकालागि धेरै व्यक्तिहरुबाट आर्थिक सहयोग संकलन जारि भइरहेको छ । यहि भदौको १५ गते पहिलो गित रेकर्ड तथा म्युजिक भिडियो छायांकनका लागि काठमाण्डौ जाने तयारि संगै सहयोगदाताहरु बाट आर्थिक सहयोग पनि प्राप्त भईरहेको छ ।

प्रतिक्रिया