एउटा भरपर्दो सन्दर्भ सामग्री

इनेप्लिज २०७५ भदौ १२ गते १०:४९ मा प्रकाशित

कृष्णप्रकाश श्रेष्ठ

‘नेपाल–रूस कूटनीतिक सम्बन्धको विकासक्रममा योगदान पु¥याउने पात्र तथा घटनाहरूसँग सम्बन्धित दस्तावेजहरूलाई संगठित रूप दिएर यस ग्रन्थले उक्त सम्बन्धको ऐतिहासिक पक्षलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ । यो ग्रन्थ नेपाल–रूस द्विपक्षीय सम्बन्धका बारेमा चासो राख्ने जो कोहीका लागि एउटा भरपर्दो सन्दर्भ सामग्री हुनेमा म विस्वस्त छु’ ।

उपरोक्त उद्धरण मास्कोमा रूस–नेपाल सहयोग तथा मैत्री समाजको तर्पmबाट ‘रूस–नेपाल ः व्यक्ति, घटनावली, दस्तावेज’ शीर्षकमा भर्खरै प्रकाशमा ल्याइएको नेपाल–रूस सम्बन्धबारे रूसी भाषामा कृष्णप्रकाश श्रेष्ठलिखित ग्रन्थमा समाविष्ट नेपालका परराष्ट्रमन्त्री माननीय श्री प्रदीपकुमार ज्ञवालीज्यूको ‘शुभेच्छा–सन्देश’ बाट लिइएको हो । नेपाल र रूस (सोभियत संघ) बीच कूटनीतिक सम्बन्धको हीरक जयन्तीप्रति समर्पित ठूलो साइजको भएको यस सचित्र ग्रन्थको गातामा सगरमाथाको दृश्यअङ्कित छ भने भित्रपट्टि चिल्लो कागजको १५२ पृष्ठमा बी—बीचमा रङ्गीन तस्बीरहरूसहित रुस र नेपालबीच डेढ शताब्दी लामो बहुआयामिक सम्बन्धको इतिवृत्त प्रस्तुत गरिएको छ ।

यस ग्रन्थको प्रारम्भमै हाम्रा दुई देशबीच कूटनीतिक सम्बन्धको ६०–यौं वर्षान्तको उपलक्ष्यमा रूस महासंघका परराष्ट्रमन्त्री सेर्गेइ लाभ्रोभ तथा संघीय प्रजातान्त्रिक गणतन्त्र नेपालका तत्कालीन उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्री कमल थापाको बीचमा आदान–प्रदान गरिएका शुभेच्छा–सन्देशहरूको पाठ छापिएको छ भने तत्पश्चात् रूस र नेपालका राष्ट्रिय गीतहरू प्रस्तुत गरिएका छन् । स्मरणीय के पनि छ भने यसै ग्रन्थमा सर्वप्रथम नेपाली राष्ट्रिय गीतको रूसी अनुवाद प्रकाशित भएको छ ।रूस–नेपाल सहयोग तथा मैत्री समाजको संरक्षक परिषद्का अध्यक्ष, दुईपटक सोभियत संघवीरको उपाधिप्राप्त रूसी अन्तरिक्षयात्री भ्लादिमिर जानिबेकोभबाट रसियाली तथा नेपाली पाठकको नाममा सम्बोधनपश्चात् नेपाली मूल र रूसी अनुवादसहित नेपालका परराष्ट्रमन्त्री श्री प्रदीपकुमार ज्ञवालीको ‘शुभेच्छा–सन्देश’ दिइएपछि रूस–नेपाल सहयोग तथा मैत्री समाजका मानार्थ अध्यक्ष अलेक्सान्द्र सोलोभ्योभको मन्तव्य, ग्रन्थकार कृष्ण्प्रकाश श्रेष्ठको भूमिका तथा ‘दूरवर्ती मुलुक’ शीर्षकमा नेपालका लागि रूसका निवर्तमान राजदूत सेर्गेइ भेलिच्किनको वक्तव्य समावेश गरिएको छ ।

प्रस्तुत ग्रन्थ दुई भागमा विभाजित छ । पहिलो भागमा सोभियत–नेपाल सम्बन्धको इतिहास (घटनावली), रूस–नेपाल सम्बन्धको इतिहास (घटनावली), हाम्रो मैत्री सम्बन्धको प्रादुर्भाव र सुदृढीकरण, रूस–नेपाल सम्बन्धको क्षेत्रमा को हो को (व्यक्ति–परिचय) तथा मैत्री कविता शीर्षक भएका ५ अध्याय समाविष्ट छन् भने दोस्रो भागमा चाहिं परिशिष्टको रूपमा राजा जयपृथ्वीबहादुर सिंहको ‘रसियालीहरूको नाममा सन्देश’, नेपालका लागि सोभियत संघ एवं रूसका राजदूत तथा उपनियोग प्रमुखहरू र रूसका लागि नेपाली राजदूत तथा उपनियोग प्रमुखहरूको नामावली, सगरमाथा आरोही सोभियत तथा रूसी पर्वतारोहीहरूको नामतालिका, सोभियत संघ तथा रूसको यात्रा गर्ने नेपाली साहित्यकारहरूको नामावली, रूस–नेपाल सहयोग तथा मैत्री समाजका पदाधिकारीहरूको नामावलीका साथै ग्रन्थकारको मन्तव्य रहेका छा् । हरेक अध्यायको बीचमा छविचित्र–कलाकार इभान कोजोरेजोभको नेपालविषयक रङ्गीन दृश्यचित्रका साथै हाम्रा दुई देशबीच मैत्री सम्बन्धको इतिहास झल्कने कैयौं छविचित्रहरू छापिएका छन् ।

स्थानाभावले गर्दा रूसी भाषामा प्रकाशित नेपालविषयक पुस्तक तथा कृतिहरूका साथै सोभियत संघ र रूसविषयक नेपाली भाषामा प्रकाशित पुस्तकहरूको ग्रन्थसूची र दुई देशबीच स्थापित भएका सन्धिसम्झौताहरू र राजनेताहरूको भ्रमणकालका वक्तव्यहरूसहित ३ अध्याय यस ग्रन्थमा समाविष्ट हुन सकेनन् । भविष्यमा ती सामग्रीहरूले पनि प्रकाशनको सम्भावना पाउने छन् भन्ने आशा राखिएको छ । रूस–नेपाल सहयोग तथा मैत्री समाजको तर्पmबाट यो ग्रन्थ रूसी भाषामा छापिएको हुँदा भविष्यमा यसको नेपाली संस्करण पनि निस्कने आशा र विश्वास छ ।

अन्त्यमा नेपालका परराष्ट्रमन्त्री माननीय श्री प्रदीपकुमार ज्ञवालीकै ‘शुभेच्छा–सन्देश’ बाट एक अंश सधन्यवाद उद्धृत गर्ने अनुमति चाहन्छु । उहाँ लेख्नुहुन्छ ः ‘स्थापनाकालदेखि नै हार्दिक एवं मित्रवत् रहँदै आएको । नेपाल–रूस सम्बन्धलाई अझ प्रगाढ एवं फराकिलो बनाउँदै जनस्तरमा लैजान समेत यो प्रकाशनले थप योगदान पु¥याउने कुरामा म आशावादी छु’ ।

दिनाङ्क : २८ अगस्त २०१८ (मङ्गलवार)
मास्को, रूस महासंघ ।

प्रतिक्रिया