न्यू योर्कमा सुपरिचित साहित्यकार कृसु क्षेत्री को “चराको गीत “लोकार्पण सम्पन्न

इनेप्लिज २०७५ भदौ १० गते ११:१० मा प्रकाशित
न्यू योर्क- सुपरिचित साहित्यकार एवं नेपाल सरकारका वाणिज्यदूत कृसु क्षेत्रीको बहुप्रतिक्षित रचना कृति ‘चराको गीत’ (कविता संग्रह) को अगस्ट २५ तारिख न्यू योर्क शहरको जेविस सेन्टर ज्याक्सन हाईट्समा लोकार्पण सम्पन्न भएको छ ।
‘चराको गीत’ को लोकार्पण महामहिम राजदूत डा. अर्जुनकुमार कार्कीले गरेका थिए। युएसनेपालअनलाईनको आयोजनमा डाकिएको समारोह जर्सी सिटीका मेयरकी सल्लाहकार डा. विष्णुमाया परियारको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।
समकालिन नेपाली साहित्यका प्रतिनिधी स्रष्टा कृसु क्षेत्रीले आफ्नो रचनाको आरोह अवरोहको गाथा र केही उम्दा कविताहरु वाचन गरेका थिए ।
बिलयन लेखन् का प्रबर्तक साहित्यकार कृसु क्षेत्रीका अर्धमुदित आँखाहरु (गजल), बोधिसत्वको मृत्यूउत्सव (कविता), आगोको मुर्छना (विलयन काव्य), रगतको दरबार (विलयन काव्य), म्यानमामा नेपाली भाषा, साहित्य र संस्कृति, जापानमा नेपाली भाषा र साहित्य र चौध वर्षपछि (संयुक्त कविता) कृतिहरु प्रकाशित छन् । युवा वर्ष मोती पुरस्कार (२०६६), राष्ट्रिय प्रतिभा पुरस्कार (२०५८), गजलश्री सम्मान (२०६०), राष्ट्रिय कविता महोत्सव २०५७ (स्वर्ण पदक) , राष्ट्रिय युवा प्रतिभा पुरस्कार (२०७२), देबकोटा शताब्दी स्वर्ण पदक लगायत एक दर्जन साहित्यिक पुरस्कारहरुबाट सम्मानित छन्।
साहित्यकार एवं वाणिज्यदूत कृसु क्षेत्री न्यू योर्कका नेपाली समाजमा मिजासिला नेपाली डिप्लोम्याट र लोकप्रिय वक्ताको रुपमा रुचाईन्छन् ।
कार्यक्रममा अतिथीहरूको स्वागत /कार्यक्रम संचालन तथा  साहित्यकार क्षेत्रीको पुस्तक ,रचना तथा अन्य साहित्यकारहरुले क्षेत्रीको बारेमा लेखेका कुराहरु युएसनेपालअनलाईनका प्रधान सम्पादक प्रदिप परियार थापाले गरेका थिए ।
तस्विर सौजन्य : हाम्रोफोटो डटकम

प्रतिक्रिया