कञ्चनपुरमा कर्फ्यु

इनेप्लिज २०७५ भदौ ७ गते १३:३८ मा प्रकाशित

भीमदत्तनगर, ७ भदौ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्लामा केही दिनदेखि जारी आन्दोलन बढेपछि स्थानीय प्रशासनले अहिले साँझ ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो । स्थानीय प्रशासन ऐन २०२८ को दफा १६ ‘क’ बमोजिम कर्फ्यु जारी गरिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिनुभयो ।

भीमदत्त नगरपालिका वडा नं १८ र वडा नं ४ बजार क्षेत्रमा कर्फ्यु जारी गरिएको हो । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै जारी आन्दोलन जारी नै राखिएको छ ।

प्रतिक्रिया