साबधान ! बिषादी मापनको नाममा यस्तो काम, बिष खुवाउँदै छ पोखरा

इनेप्लिज २०७५ भदौ ५ गते २२:५० मा प्रकाशित
पोखरामा तरकारी, फलफूल भित्रने र बाहिरिने आधिकारी ठाउँ हो पोखरा कृषि उपजबजार शान्ति बन । पोखराको मण्डीमा दिनुहुँ हजारौं किलो तरकारी तथा फलफूल भित्रन्छ र त्यत्तिकै मात्रामा बाहिरिन्छ । पोखरामा देशका बिभिन्न ठाउँबाट तरकारी तथा फलफूल त आउँछन् नै देश बाहिरबाट भारत, बंगलादेश, चीन लगायतका देशबाट पनि आउने गरेका छन् । मण्डीमा भित्रने सामानहरुमा कतिको बिषदी प्रयोग भएको छ भनेर हेर्नका लागी कृषि उपजबजार भित्र एउटा बिषादी मापन यन्त्र राखिएको छ । प्याक्टको अनुदानमा राखिएको यन्त्रको प्रयोग भने एक बर्ष अघिदेखी मात्र भएको हो ।
पोखराको मण्डीमा बिहानको ४ बजेबाट कृषकहरु आउने गर्छन । तरकारी र फलफूल ४ बजेबाट बिक्रि बितरण हुन्छ । बिहान ४ बजे भित्रीएको तरकारी तथा फलफूलको बिष मापन बल्ल ७ बजे बाट सुरु हुन्छ । एक घण्टा भन्दा बढी समय लाग्छ बिषादीको मात्रा निकाल्न तर बिहान ७ बजे करिब ८० प्रतिशत तरकारी र फलफूल मण्डिबाट बाहिरिसकेको हुन्छ । प्राबिधिक संजिव वास्तोला  का अनुसार एउटा बस्तुमा मापन गर्दा करिब ५ हजार खर्च हुन्छ । दिनमा जम्मा २ देखी ४ वटा बस्तुमा मात्र टेष्ट गरिएको प्राबिधिक.वास्तोलाले ले जानकारी दिए । उनका अनुसार यो महंगो छ, मण्डीमा आउने सबै बस्तुलाई दैनिक टेष्ट गर्ने हो भने दैनिक ३, ४ लाख खर्च हुन्छ जुन सरकारले पनि धान्न सक्दैन । कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष कुमार लामाका अनुसार प्याक्टसंगको सहकार्य सकिएको बिषयमा थाहा नभएको बताए । बिषादी मापन हुनु पर्छ र उपभोक्तालाई बिषादी रहित फलफूलर तरकारी बितरण गर्ने आफूहरुको लक्ष्य रहेको बताए ।
पोखराको मण्डीबाट हजारौं किलो तरकारी र फलफूल बाहिरिन्छन् । समयमै बिषादी जाँच नहुँदा बिषादीको बढी प्रयोग गरेर उत्पादन गरिएका बस्तुहरु उपोक्ताको भान्छामा पुगिसम्छन् । गण्डकी प्रदेशले पनि तनहुँ र स्याङ्जामा खोल्ने भनिएको बिषादी परिक्षण केन्द्रको पनि यस्तै बेहाल अवस्था हुने हो भने की । पोखराको मण्डीमा रहेको बिषादी परिक्षण केन्द्र बजेट अभावमा थला पर्र्दै गएको छ । अन्य ठाउँ खोल्ने भनिएको यस्तो प्रयोगशालाहरु खोल्नु पूर्ण यो पोखराको प्रयोगशालाबारे अध्यायन गर्न जरुरी छ ।

प्रतिक्रिया