वाशिङटन डिसी मेट्रो कमिटीले गर्‍यो लेकाली, नेपाल, खनाल र सुबेदीलाई इन्डोर्स !

इनेप्लिज २०७५ भदौ ५ गते २:४९ मा प्रकाशित
 समुहलाई निर्वाचित बनाउन एक भएर लाग्ने सामुहिक प्रतिबध्दता जाहेर

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) वाशिङटन डिसी मेट्रो कमिटी महासचिब  भुप नारायण घर्तिमगरले एक प्रेस बिज्ञप्ती जारी गर्दै भन्नु भएको छ :  “अनेसासको केन्द्र भन्दा बाहिर रहेको सबै भन्दा ठुलो र बढी आजिबन सदस्य रहेको हाम्रो  वाशिङटन डिसी मेट्रो कमिटी यही अगस्त २२, २३, २४ तारिखमा हुन गैरहेको केन्द्रीय निर्वाचनमा वाशिङटन
डिसी मेट्रो कमिटी सर्ब सम्मत रुपमा महासचिबमा उम्मेदवारी दिनुभएका यस मेट्रो कमिटीका अध्यक्ष रामप्रसाद खनाल, अमेरिका अध्यक्षमा उम्मेदवारी दिनुभएका हाम्रो कमिटीका सल्लाहकार प्रकाश नेपाल, अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका हालका बरिस्ठ उपाध्यक्ष एबम नेपाल शाखा अध्यक्ष राधेश्याम लेकाली र सचिबमा उम्मेदवारी दिनुभएका बोस्टन शाखा अध्यक्ष लाल गोपाल सुबेदीलाई इन्डोर्स गर्दै वहाँहरुका पक्षमा उभिने र वहाँहरुको अनेसास सबल बनाउने अभियानमा सक्रिय हुँदै यो समुहलाई निर्वाचित बनाउन एक भएर लाग्ने सामुहिक प्रतिबध्दता जाहेर गर्दछौँ । समुहबाट निर्बिरोध निर्वाचित सबैलाई वाशिङटन डिसी मेट्रो कमिटीले बधाई पनि ज्ञापन गरेको छ । धन्यवाद ।”

– भुप नारायण घर्तिमगर , महासचिब एबम
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)
वाशिङटन डिसी मेट्रो कमिटी समस्त परिवार ।

निर्बिरोध साथीहरुलाई बधाई, चुनाव हुन बाँकी पदमा सहयोगका लागि सबै सँग अपिल !
अनेसासको २०१८-२०२० को लागि हुन गरहेको निर्वाचनमा हाम्रो समूहका तर्फबाट वरिष्ठ उपाध्यक्षमा प्रकाश पौडेल माइला, उपाध्यक्षहरुमा भीमसेन सापकोटा (अस्ट्रेलिया ), नीशा अर्याल (एसिया ) र सुनिल संगम (युरोप ), कोषाध्यक्षमा विकास विष्ट ( अमेरिका ) निर्विरोध रुपमा निर्वाचित भैसक्नुभएको भएको छ । वहाँहरु सबैलाई मरो तर्फ बाट र समस्त टीमको तर्फबाट हार्दिक बधाई !
निर्वाचन हुन गैरहेका निम्नानुसार पदहरुमा साथीहरुलाई मतदान गरी बिजयी बनाउन लाग्नुहुन म सबैमा सादर निबेदन गर्दछु ।
हाम्रो साझा समुहका निम्न उम्मेदवार साथीहरुलाईहरु मतदान गरिदिनुहुनेछ, हामीलाई पूर्ण विश्वाश छ : :
अध्यक्षमा – राधेश्याम लेकाली
अमेरिका उपाध्यक्षमा – प्रकाश नेपाल
महासचिबमा – रामप्रसाद खनाल
सचिबमा – लाल गोपाल सुबेदी
सदस्यहरुमा पनि निर्बिरोधको सम्भावना छ, नभएमा पछी हामी खबर गर्ने नै छौं ।
Note: बिदेशको बसाई, समयको पावन्दी, सबै सँग फोनमा वा प्रत्यक्ष भेट नहुन पनि सक्छ तर यहाँहरु सँगैछु, तपाईंहरुको साथ र सहयोग पाइरहुँ ।
 
अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्माज २०१८- २०२० को लागि हुन गइरहेको निर्वाचनमा सबै आजीवन सदस्यज्यूमा साथ र सहयोगको हार्दिक अनुरोध गर्दछौँ ।
************
सामूहिक प्रतिबद्धता
१. अनेसाससँग सम्बद्ध सबैलाई समेट्दै संस्थालाई नयाँ जोस र जाँगरका साथ अगाडि बढाउन मिलेर काम गर्ने ।
२. आजीवन सदस्य नामावालीलगायतका विविध विषयलाई व्यवस्थित गर्ने ।
३. पूर्वअध्यक्ष, सल्लाहकार, बिओटी तथा अन्य पदाधिकारीसँग समन्वय गर्ने ।
४. अनेसासको आर्थिक गतिविधिलाई पारदर्शी बनाउने र आर्थिक रूपमा मजबुत तुल्याउने ।
५. नेपाली भाषा, साहित्य, कला, संस्कृतिका क्षेत्रमा उदाहरणीय कार्य गर्ने ।
६. निर्वाचित भएको ३ महिनाभित्र समयानुकूल विधान संशोधन गरी अनेसासको संस्थागत सुधार गर्न मिलेर काम गर्ने ।
निर्वाचनको सँघारमा निराधार हल्ला आउँछन, फुटाउन कोशीश हुन्छन तर हामी एक छौं, सबै मिलेर अनेसास राम्रो बनाउने हो, शँका नगरौँ । हामी र हाम्रो टिम एक छ ।
Please click this link below:

https://www.facebook.com/rpkhanal/videos/10215414180160941/?hc_ref=ARQP_kJMSnS_nIKET5mKJm2Ra02puPes28vzykSqCJCcSyyuqt6yXO-FN0-a2ZgAU_Y&__xts__[0]=68.ARBFIEZldmlVWJI7bWfFUyj5E-9PTgj2D0Fsjw0kXoGuxb26gNUD5b00gKahxghlDX-Q4T5oFKAyhDUK3iUNNTaNto6xqphziZFdv6PIBkFftg4bAxvEJ1OaatyPgiabeSEvBCla1uty&__tn__=FC-R
******************

निराधार झुटको खेती गरी चरित्र हत्या गर्ने प्रयत्न नगरौं ।
मेरा नाममा प्रश्न गर्नुहुने अनेसासको अध्यक्ष पदका प्रत्यासी
श्री गोवर्धन पूजाज्यू !
यहाँले निर्वाचनको सङ्घारमा आएर निर्वाचनलाई प्रभाव पार्ने ध्येयबाट गर्नुृभएको अभिव्यक्तिप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
निर्वाचन एउटा प्रजातान्त्रिक प्रक्रिया हो । अनेसासजस्तो साहित्यिक संस्थाको निर्वाचन स्वस्थ तवरमा हुनुपर्छ । समाजलाई निर्देश गर्ने साहित्यिक क्षेत्रलाई स्वच्छ राख्नुपर्छ ।
साहित्यिक पत्रकार सङ्घमा मेरो उपस्थिति चालिसको दशकदेखि हो । म २०४० मा पहिलो मनोनित सदस्य भएपछि २०४३ मा निर्वाचित सचिव, २०५६ सालमा निर्वाचित महासचिव, २०६० सालमा निर्वाचित अध्यक्ष भई २०६४ सालमा आफ्नो कार्यकाल पूरा गरेपछि मैले संस्थापक अध्यक्ष भवानी घिमिरेज्यूलाई पद हस्तान्तरण गरेको र २०६६ भदौ ६ मा उहाँको देहावसान भएपछि पूर्वअध्यक्ष अच्युतरमण अधिकारी सभापति हुनुभयो र उहाँले छोड्नु भएपछि पुनः मेरो नेतृत्वमा यो सङ्घ चलिरहेको छ । म महासचिव रहँदा गोवर्धन पूजाज्यू तपाईंलाई मनोनित गरेको र पछि म अध्यक्षमा निर्वाचित हुँदा तपाईं सचिव रहेको तर तपाईंले आफ्नो जिम्मेवारी पूरा नगरेकै कारण साहित्यकारहरू कृसु क्षेत्री, नीलम कार्की निहारिका, मनोज नेउपानेलगायतले पाक्षिक कवि गोष्ठीको जिम्मेवारी लिएको स्मरण गराउँछु ।
मैले अनेसासबाट प्रकाशित हुने ‘अन्तर्दृष्टि’ को २०५६ सालमा सम्पादन गरेको, २००९ मा एनआरएनसँगको सहकार्यमा अनेसासबाट सदस्यसचिव भएर साहित्य उत्सवको आयोजना गरेको, २०१०–२०१२ मा ‘अन्तर्दृष्टि’ को प्रधानसम्पादकमा मनोनित भएर केन्द्रीय सदस्यको जिम्मेवारी वहन गरेको, २०१२ देखि निरन्तर तीन पटकदेखि वरिष्ठ उपाध्यक्षमा रही काम गर्दै आएको छु ।
यसै बीच तपाईं सिधै महासचिवमा आई दुई कार्यकाल बिताउनुभएको हो । तपाईं आफ्नो दुई कार्यकालमा अमेरिकाबाहिर भएका कुनकुन अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनुभयो, संस्थाले गरेका बैठकहरूका माइन्युट केकति राख्नुभएको छ तपाईंलाई नै थाहा छ । निर्वाचनको मुखमा तपाईंले जस्तो चरित्र हत्या गर्ने मेरो रतिभर नियत छैन । नेपालमा अनेसास नेपालकै कानुनअनुरूप दर्ता गरिएको हो भन्ने कुरा तपाईँलाई पनि थाहा हुनुपर्ने हो ।
अनेसास अमेरिकामा दर्ता भएको संस्था हो । यस अर्थमा पनि नेपाल अन्तर्राष्ट्रियभित्रै प¥यो । नत्र त राष्ट्रिय संस्था भइहाल्यो नि ! अनेसासको च्याप्टर नेपालमा सुरुदेखि नै खुलेको हो यसका संस्थापक सदस्य लव गाँउलेज्यू आफैंले खोल्नु भएको हो । फेरिपछि वियोगी बुढाथोकीज्यू अध्यक्ष भएको बेला तपाईंलाई कार्यसमितिमा मनोनयन पनि गरेको हो । तपाईं आफू बस्दा मात्र ठीक हुने त होइन होला नि !
नेपालमा आजीवन सदस्य बनाउन मिल्ने, केन्द्रीय पदाधिकारीमा वरिष्ठ उपाध्यक्षसम्म पटकपटक बनाउन मिल्ने अनि अध्यक्षमा नमिल्ने भन्ने अनेसासको विधानमा कहाँ उल्लेख छ थाहा पाउन पाए हुन्थ्यो ।
केन्द्रमा र च्याप्टरमा एउटै व्यक्तिले प्रतिनिधित्व गर्न नहुने भन्ने पनि विधानमा कहाँ उल्लेख छ ! यस्तो नेतृत्व गर्ने म मात्र छैन यो कुरा तपाईंलाई पनि राम्ररी थाहा छ । अनेसासको अध्यक्ष पदमा मेरो उमेद्वारी हुनुअगि नै नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा कानुनी सल्लाहकार कमला वलीको संयोजकत्वमा निर्वाचन समिति गठन गरी हालको उपाध्यक्ष उन्नती बोहरा ‘शीला’ लाई कार्यवाहक अध्यक्ष घोषणा गरिसकेको कुरा सर्वविदितै छ ।
अनेसास नेपाली भाषासाहित्यको उत्थानका लागि खोलिएको संस्था हो । जहाँजहाँ नेपाली साहित्यका सर्जकहरू छन् त्यहाँत्यहाँ अनेसासको पहुँच पुग्नुपर्छ । म अनेसासमा आउनुअगि नै चितवन, भैरहवा, काभ्रेलगायतका ठाउँहरूमा अनेसासका च्याप्टरहरू खुलेका थिए । नेपालमा धेरै च्याप्टर खोल्दा केन्द्रले अनुगमन र नियन्त्रण गर्न असजिलो हुन्छ भनेर नेपाल च्याप्टरअन्तर्गत रहने गरी समिति बनाइएको हो । नारायणी समितिको उद्घाटनको बत्ती बाल्दाको साक्षी तपाईं स्वयं हुनुहुन्थ्यो ।
अनेसास फैलिनु राम्रो कि खुम्चिनु त पूजाजी, कोही व्यक्ति पनि विधान विपरीत संस्थामा पद ओगटेर बस्दैन भन्ने कुरामा हेक्का राख्नु उपयुक्त होला !
अनेसासको विधानले व्यवस्था गरेअनुसार सबै सदस्यहरूबाट एक सय डलर लिइएको हो । जसमध्ये विधानबमोजिम नै केन्द्रले पचास र च्याप्टरले पचास डलर राख्ने प्रावधान छ । जसको हिसाब तपाईंले केन्द्रीय कोषाध्यक्षबाट लिन सक्नुहुन्छ । कुरा एक सय डलरको होइन सदस्य विस्तारको हो । सबैलाई समेट्ने कुरा हो ।
म नेपाल केवल टेलिभिजन महासङ्घजस्तो गरिमामय संंस्थाको कार्यकारी निर्देशक पदमा कार्यरत छु । यसबाहेक पनि मेरा अन्य कामहरू छन् । अनेसासमा सेवा गर्न आएको हुँ । यहाँ बसेर कसैले कमाउने सोच नबनाउँदा पनि हुन्छ । त्यो पनि नेपालमा बसेर ।
संसारभरिका सम्मेलनहरूमा सहभागी हुन जाँदा आफ्नै पैसा लगानी गरेर जाने हो । तपाईं कुनै पनि देशमा भएका सम्मेलनमा नजानु भएकाले यसबारे तपाईंलाई अनुभव नहोला । जुन देशमा कार्यक्रम भएका छन् ती देशहरूमा रहेका आयोजक च्याप्टरहरूले दर्ता शुल्क लिने गरेका छन् । जापान सम्मेलनमा एक हजार यान, पर्थ सम्मेलनमा पचास डलर, सिक्किम सम्मेलनमा एक हजार भारु आदि । यी रकमबाहेक कहींकतै गैरकानुनी ढङ्गले रकम उठाइएको छैन । यस्तो निराधार आरोप लगाएर चुनाव जित्छु भन्ने भ्रम नपाल्नुस् । यो आरोप प्रमाणित गर्नुहोला ।
कोरिया सम्मेलनमा जानेमा अनेसासका केन्द्रीय सल्लाहकार प्रा.डा खगेन्द्रप्रसाद लुइटेल, ऋषि बराल, कमला रिसाल, जापान सम्मेलनमा जानेमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल, सविता गौतम दाहाल तथा अस्टे«लियाको पर्थ सम्मेलनमा जानेमा डा. लक्ष्मणप्रसाद गौतम, सन्ध्या पहाडी, बाबा बस्नेत, युवराज नयाँघरे, डा. रेणु थापा सोलु, ऋषि बराल, राजेन्द्र के.सी., कमला रिसाललगायत हुनुहुन्छ । उहाँहरूले केकति रकम दिनुभयो भनी उहाँहरूसँगै सोध्नुहोला ।
निर्वाचनको मुखमा आएर निर्वाचन जित्नकै लागि एउटा साठी वर्ष नाघेको आफ्नो प्रतिस्पर्धीमाथि तपाईंले यति घिनलाग्दो, कपोलकल्पित र निराधार आरोप लगाउनुभयो । साढे दुई दशकदेखिको एउटै साहित्यिक यात्रा गरेका हामी बीचको सबै सम्बन्ध आज तोड्नुभयो । के पद नै सबै कुरा हो त ? स्वस्थ्य प्रतिस्पर्धा गरौं । अब आदरणीय मतदाता सदस्यज्यूहरूलाई नै निर्णय गर्ने अधिकार छ । गालीगलौज बन्द गरौं ।
संस्थाभित्र म मात्र होइन तपाईंभन्दा प्रकाश पौडेल माइला, भीमसेन सापकोटालगायतका वरिष्ठ साथीहरू कार्यसमितिमा हुनुहुन्छ । उहाँहरूलाई उछिनेर अध्यक्ष पदमा हामफाल्ने तपाईंको योजना अवश्य खुल्नेछ । तपाईंले संस्थाभित्र गरेका क्रियाकलाप र योगदानबारे जगजाहेरै छ । सुझाव
म हरेक हिसाबले तपाईंभन्दा सिनियर भएकाले यसपटक अनेसासको अध्यक्ष पद मलाई छोडिदिनुहोस् । यदि त्यसो गर्न सक्नुहुन्न भने स्वस्थ प्रतिस्पर्धा गरौंै । जितहार जसको भए पनि एकअर्काको अस्तित्व स्वीकारौं । अरूलाई होच्याएर आफू कहिल्यै अग्लो भइँदैन । अब सबै कुरा मतदाताज्यूहरूको हातमा छ । निर्वाचनको निर्णय स्वीकारौं । भ्रमको खेती नगरौं । निराधार झुटको खेती गरी चरित्र हत्या गर्ने प्रयत्न नगरौं ।
मेरा भाइ गोवर्धन पूजाको जय होस् ! भलो होस् ।
राधेश्याम लेकाली
अनेसास अध्यक्ष पदका उमेद्वार
मोबाइल- ९८५१०५९३५४
Image may contain: 1 person, flower

प्रतिक्रिया