जन्मदिनमा किशनले ल्याए कान्छि (भिडियो सहित)

इनेप्लिज २०७५ भदौ ४ गते ४:२७ मा प्रकाशित

काठमाडौँ : : बिगत केहि समय देखि अमेरिकामा बसोबास गर्दै संचार क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल संचारकर्मी किशनरेग्मीले पछिल्लो क्रममा गायकको परिचय बनाएका छन् । केही समय अघि उनले बजारमा ल्याएको ‘कान्छि हे कान्छि’ बोलकोगित बाट उनि गायक भएका हुन्। अहिले उक्त गीत फेरी परिमार्जित सहित रिमिक्स भर्सनमा भिडियो सहित सार्वजनिक भएकोछ । यस अघि उनले उद्धव सिलवाल प्रोडक्सनको ब्यानरमा युएस मिडिया संग सहकार्य गरी झन्डै दुई महिना अघि युटयुबमार्फत उक्त गीतको अफिसियल भिडियो ल्याएका थिए । जुन गीत युट्युबमा अपलोड भएपछि दर्शकले गीतलाई रुचाएकाथिए।

दर्शकको राम्रो प्रतिकृया पाएपछि उनमा पुनः गीतलाई परिमार्जन गर्ने उत्साह जाग्यो । त्यही अनुरुप उनले गीतको भिडियोलाईअहिले फेरी डान्सिङ नम्बर दिएर निर्माण गरेका छन् । छमछमी सिजन वानका उत्कृष्ट दश प्रतिस्पर्धी मध्येका एक विक्रमविकको डान्सीङ क्रु वाईल्ड स्टेपर्सले भिडियो निर्माण गरेको छ । गीतमा उनीसंग मोडल तथा डान्सर आरजु उप्रेतीको आकर्षकडान्स रहेको छ । झापाका रमणीय स्थानहरुमा छायांकन भएको भिडियोमा यस पटक स्वंय गायक

किशनलाई पनि देख्न सकिन्छ। प्रल्हाद रिजालको शब्द तथा एसडी योगीको संगीत रहेको गीतमा गायक किशनलाई गायिका श्रृति योगीले साथ दिएकी छिन् ।

गायक किशनलाई यो पहिलो गीतले लोकप्रियता दिलाएपछि पुनः दोस्रो गीत गाउन दर्शकले हुटहुटी दिएका छन् । ‘पुन अर्कोगीत ल्याउन मलाई दबाब आएको छ ’उनले भने– ‘पहिलो प्रयासलाई दर्शकले राम्रो प्रतिकृया दिए पछि हौसिएको छु । गायककिशनले महिलाहरुको महान पर्व हरितालिका तीज पछि अर्को नया गीत सार्वजनिक गदैछन् ।

प्रतिक्रिया