देशकै पहिलो कलङ्की अण्डरपासमा गाडी सरर ( हेर्नुहोस् भिडियो यसरी गुडे विना जाम गाडी )

इनेप्लिज २०७५ भदौ ४ गते ३:५६ मा प्रकाशित

धुवा धुलो र जाम काठमाडौको पर्यावाची बनिसकेको छ । उपत्यका भित्रिने एउटा प्रमुख नाका हो कलङ्की । दिनहुँ हाजारौ यात्रु र सवारी साधनले यहाँ घण्टौ सम्मको जाम झेल्नु परेको छ । अब भने त्यस्ता दिनको अन्त्य पनि भैसकेको छ । अत्यन्तै प्रतिक्षाको आयोजना कलङ्की अण्डरपास यतिवेला लगभग निर्माण सम्पन्न भई गाडी गुड्न थालेका छन् ।

कालोपत्रे गर्ने र बत्तीको काम अझै बाँकी नै छ तर केहि समयपछि कालोपत्रे र बत्तीको कामले पूर्णता पाउने सम्बन्धित निकायले बताएका छन् । देशकै पहिलो अण्डरपास शुक्रबारदेखि सञ्चालनमा आएको हो । ( हेर्नुहोस भिडियोमा नेपाल कै पहिलो अण्डरपास हाईवे )

प्रतिक्रिया