बेलायती गोर्खा रेजिमेन्ट भित्र ‘एभरेष्ट टाइम्स’ सुचनाको सम्बाहक

इनेप्लिज २०७५ भदौ १ गते २१:०२ मा प्रकाशित
रोशन मेवाहाङ्ग-
 
युरोपबाट प्रकाशित साप्ताहिक पत्रिका ‘एभरेष्ट टाइम्स’ नेपाली समाजका लागि एक मात्र मफोसलको पत्रिका मानिन्छ । बेलायतका नेपाली समाज भित्र निरन्तर रुपमा सफलताका साथ एभरेष्ट टाइम्सले दशौ बार्षिक उत्शव मनाउने भएका छन् । 
 
बेलायतमा दशक अघि देखि नेपाली समाजमा क्षेत्र, बर्ग र निस्वार्थ रहित संसारका विभिन्न ठाँउमा रहेर नेपाली मन मुटुमा ताजा र बिभुत रचनाहरु हरेक पल सप्रेशन गरिरहेका छन । विना कुनै परिधि र कुनै स्वार्थ विभिन्न क्षेत्रका विशिष्ठ मनहरु लाई एक ठाँउमा सम्लङ्गन बनाउने मेरुदण्डको काम पनि साप्ताहिक पत्रिका एभरेष्ट टाइम्सको अर्को विशेष्ता हो जस्तो लाग्छ ।  
 
दशक अघि देखि विभिन्न विधाका प्रतिभाहरुलाई प्रस्फुटन गराउन हौशला दिलाउदै हरेक पल विधाका प्रतिभालाई अवशर दिलाउदै एभरेष्ट टाइम्सले सरणीय काम गरिरहेकोमा सामाजिक संन्जालतीर सकरात्मक कयौ टिप्पणी पाठकहरुले गरेका पनि भेटिन्छ । स्वदेशबाट करिब ५ हजार टाढा परदेशी भूमिमा रहेता पनि आजको डिजिटल पारखीहरुले प्रितको संम्वन्ध, आफनो कार्य शैलीलाई उच्च श्रेणीमा निरन्तर अगाडि धकेलीरहनु भनेकै नेपाली जनताले समसामहिकरुपमा प्रस्तुत गरिनु हो । 
 
बेलायतबाट प्रकाशित नेपाली साप्ताहिक एभरेष्ट टाइम्स पत्रिकाले हरियो पर्खाल(सैनिक जीवन) भित्र र बाहिरको सम्बन्ध अनुकुल र मैत्रि पूर्ण बनाउन आदम्य साहस सहित विभिन्न परिवेशमा सहयोग गर्दै आईरहेको देखिन्छ । नेपाली समाज भित्रका परम्परा, साहित्य र सिर्जना साथै अन्य विभिन्न कलाको समरक्षणमा विभिन्न रुप धारणा गर्दै हरियो पर्खाल भित्रका सहयात्रिहरुका सतमार्ग सगै हिडेका आज दशौ बर्ष भएको छ ।
 
नेपालको शिरमा माछा पूच्क्षको काख र सगरमाथाको शिर नेपाल देखि अफगानिस्तान,इराक र क्यानाडाका विभिन्न शहरहरुमा विना शंकोज र विना स्वार्थ सधै सधै हामीले नेपाली पत्रिका एभरेस्ट टाइम्सलाई निहाल्ने मौका पायौ । त्यसैले यो पत्रिका यसैमा विशिष्ट पाईन्छ । यो साप्ताहिक पत्रिकालाई न कुनै परिधिले छेकेको छ न कुनै भौगोलिक विश्वस्ताले रोकेका नैे छ । निर्भिक,निस्वार्थ, र निश्पक्ष ठेट समाचार सम्पे्रशनको एक कोशे ढुङ्गा साविद पुष्टि भएको छ । 
 
बिगत दसक अघि देखि अनवरत रुपमा बेलायतबाट प्रकाशन हुदै आएको एभरेष्ट टाइम्स पत्रिकाले बेलायतबासी नेपालीहरुमा  मात्र केन्द्रित नभई गोर्खा रेजिमेन्ट जहाँ जहाँ पुग्छन त्यहि त्यहि समाचार सेवा र मनोरंन्जन प्रदान गर्दै आइरहेको छ । अफगानिस्तान, इराक जस्ता द्वन्दरत ठाँउमा पनि निशुल्क रुपमा पत्रिका बितरण गर्दै आइरहेका छन । जसले गर्दा उक्त देशहरुमा काम गर्न  विभिन्न कम्पनीमा कार्यरत गैर सैनिक नेपालीहरुम माँझ पनि जनप्रिय बन्दै आएको भेटिन्छ ।
 
आफ्नो देश छाडेर यस्तो द्वन्दरत देशमा  पनि नेपाली पत्रिका पढ्न पाउनुले धेरै गैर सैनिक नेपालीहरुले ‘एभरेष्ट टाइम्स’ प्रति आभारी भएका छन् , नेटो तथा अमेरिकी बेस क्याम्प भित्र  सर्बसाधारण गैर सैनिक नेपालबाट आएका नेपाली कामदारहरुलाई इन्टरनेट सुबिधा पर्याप्त नहुने हुदा सूचना र समाचारबाट बन्चित हुन बाध्य तुल्याएका छन । यस्तो परिस्थितिमा नेपाली पत्रिका   ‘एभरेष्ट टाइम्स’ आ-आफनो हात हातमा निशुल्क पढ्न पाउदा थोरै भएपनि सुचनाको सम्बाहक बन्न पुगेको छ । त्यसको साथै आफ्ना प्रतिभाहरु  तथा कृतिहरुको प्रचार प्रसार, समिक्षा साथै पत्रिका र अनलाइन दुवै मार्फत एकै चोटी प्रकाशन हुने हुनाले अफगानिस्तान जस्तो मुलुकमा रहेर पनि बिस्वभर प्रचार प्रसार गर्ने अवसर साहित्य संगीत प्रेमीहरुले बेलायतबाथ प्रकाशित साप्ताहिक पत्रिका ‘एभरेष्ट टाइम्स’ पत्रिको गुनगान गरिरहेका छन । आउने हरेक पल  दिनकालागि अनेकन शुभकामना ।
 
 

प्रतिक्रिया