कसरी जितिन् त युनिताले ‘मिस वर्ल्ड डाइभर्सिटी’ को उपाधी? यी दुईले खोले यस्तो रहस्य

इनेप्लिज २०७५ साउन २९ गते ११:३४ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर। ‘झोला भित्र के होला’ कार्यक्रमकी संचालिका युनिता खत्री यो कार्यक्रमको कारण अत्याधिक चर्चामा छिन् । युनिता त्यो बाहेक पनि अर्को कारण यतिबेला थप चर्चामा छिन्। ‘मिस वर्ल्ड डाइभर्सिटी’ को उपाधी लिएर युनिता स्वदेश फर्किएकी छन्।

नेपालकि चेली युनिता खत्रीले सामान्य प्रश्नको चोटिलो र अर्थपूर्ण जवाफ दिएर नै अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वर्ल्ड डाइभर्सिटी’ को उपाधी जित्न सफल भएकी छन्। संस्कृति, प्रतिभा र र्याम्प वाक समेत गरि विभिन्न प्रतियोगीले प्रतियोगीतामा आफ्ना प्रतिभा प्रदर्शन गरेपछि उनी बिजेता घोषित भएकी हुन्। ‘मिस वर्ल्ड डाइभर्सिटी’ को उपाधी जित्नु नै समग्रमा नेपाली बिजेता हुनु हो। उनको जित नेपाललाई अन्तराष्ट्रि स्तरमा चिनाउन सफल भएकी छन्।

दुबईमा भएको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस वर्ल्ड डाइभर्सिटी’मा ५० देशका प्रतिस्पर्धीलाई पछि पार्दै युनिताले ‘मिस वर्ल्ड डाइभर्सिटी–२०१८’को उपाधि जितेकी हुन्। अन्तिम चरणमा युनितालाई सोधिएको थियो कि – ‘नेपालको डाइभर्सिटीको अवस्था कस्तो होला रु उनले भनिन् ‘डाइभर्सिटीमा कल्चर, हेरिटेज र एडभेन्चर मात्र नभै नेपालमा मात्र हैन विश्वभरी नै लभ, रेक्सपेक्ट र केयर हुन जरुरी छ । उनी यहि जवाफले नेपालको तर्फबाट अन्तराष्ट्रिय स्तरको सुन्दरी प्रतियोगीताको उपाधि जित्ने पहिलो महिला बन्न पुगिन् ।

प्रतियोगिताका बेलामा धेरै प्रतियोगीले नेपाल भन्ने देश पनि छ र रु भनेका थिए भने कतिपयले चाहिं नेपाल देशको नाम त सुनेको तर नराम्रो छवी भएको भन्ने बुझेकाले पनि उनलाई चित्त दुखेको गुनासो गरिन् । युनिताले भनिन् यस्तो अवस्थामा तिनै प्रतिस्पर्धीमाझ आफु अब्बल हुनु भनेको देशलाई चिनाउने एउटा अवसर नै भएको ठानेकी छु ।

उपाधि प्राप्त गर्न के कुराको आवश्यकता पर्दो रहेछ त रु भन्ने पश्नमा युनिताले भनिन् – पहिलो नं।त शिक्षा नै हो, त्यसपछि आत्मविश्वास र सिभिलाईज हुन जरुरी छ । यी तिनै कुराको समन्वय छ भने उपाधि जित्ने चान्स बढी हुन्छ । युनिताले टाइटलसँगै मिस फ्रेण्डसिप र मिस डान्सरको समेत उपाधि जितेकी थिइन् ।

आफु ब्युटि प्याजेन्टबाट नै यहाँसम्म आएकाले भविष्यमा पनि यहि क्षेत्रमा सक्रिय रहने उनको सोचाई छ । मिस नेपाल २०१७ निकिता चन्दक सहित आफु पनि निर्माणाधिन चलचित्र रानीमहलमा अनुबन्धित भएको जानकारी दिइन् ।

प्रतियोगितामा युनिताले मिस वल्र्ड डाइभर्सिटीको उपाधि सहित बेस्ट डान्सको समेत उपाधि जित्दा, भारतकी प्रतियोगी फस्ट रनरअप भएको थिइन् । ‘मिस वर्ल्ड डाइभर्सिटी’को आगामी संस्करण नेपालमा नै गरिने जानकारी पनि युनिताले दिइन् ।

युनिता यसअघि ‘मिस ई–कलेज २०१६’मा सेकेन्ड रनरअप भएकी थिइन् । ‘मिस राजधानी’मा ‘मिस वर्ल्ड’ शिर्षक अन्तर्गतको उपाधि जितेपछि उनलाई सोही उपाधीले डाइभर्सिटीको प्रतियोगी बनाएको थियो ।

प्रतिक्रिया