शुक्रबार, कार्तिक १२ २०७८
काठमाडौं ०१:४१
वासिङटन डिसी 15:56

ओरेगोन नेपाली समाजले कलाकार ओमबिक्रम बिस्टलाई दुई हजार डलर सहयोग

इनेप्लिज २०७५ साउन २८ गते ११:०८ मा प्रकाशित

सुप्रख्यात नेपाली कलाकार ओम बिक्रम बिस्टको स्वास्थ्य उपचारको लागी सहयोग पुर्याउने उद्धेश्यले नेपाली असोशियसन ओरेगोनले पोर्ट्ल्यान्डमा अगस्ट ४ का दिन एक फन्ड रेजिङ कन्सर्ट आयोजना गरेको थियो ।

उक्त कार्यक्रम नेपाली असोशियसन ओरेगोनका पूर्व अध्यक्षदिल्लुराज थापाको संयोजकत्वमा आयोजना भएको थियो । उक्त कार्क्रममा सोही स्थानमा बसोबास गर्ने कलकारहरु भुपाल पौडेल, सोनाम शेर्पा,शम्भु नेउपाने, शान्ति राई, राकेश सिङ्देल र नेपालका राष्ट्रिय कलाकार ममता दिपबिमले एकल गीत गाउन भएको थियो भने पोर्ट्ल्याड स्थितबिक्रम बैध्यले नेतृत्व गर्नु भएको नेपाली म्युजिक ग्रुप “मन्द्” ले म्युजिकल ब्यान्ड प्रस्तुत गरेको थियो ।

सो कार्यक्रमबाट उठेको $१७४५ मा नेपालीअसोशियसन ओरेगोनले $२५५ थप गरी जम्मा $२००० को चेक कलाकार ओम बिक्रम बिस्टलाई उहांले नेपाली गायन क्षेत्रमा पुर्याउनु भएकोयोगदानको कदर स्वरुप पठाएको छ ।

भरत बांस्कोटा

अध्यक्ष

नेपाली असोशियसन ओरेगोन

प्रतिक्रिया