खेमराज अधिकारीलाई एनआरएनए युएसए हेल्प डेस्क द्वारा आर्थिक सहयोग

इनेप्लिज २०७५ साउन २७ गते २२:२५ मा प्रकाशित

एनआरएनए युएसए हेल्प डेस्क ले खेमराज अधिकारीलाई आर्थिक सहयोग गरेको छ । नेपालको कॉस्की जिल्लाका ढिकुर पोखरिका घरभएका हाल अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोबास गर्ने खेमराज अधिकारी आज सम्म निधान हुन नसकेको रोगबाट ग्रस्त भई असक्त भएकोले उहॉलाई ५६२९.९८ अमेरिकी डलर एनआरएन अमेरिकाले आर्थिक सहयोग प्रदान गरेको हो ।

एनआरएनए युएसए केन्द्रिय संयोजक तथा उपाध्यक्ष उमा कार्की थापाको सक्रियतामा उठेको ४६२९.९८ र एनआरएनए आपतकालिन कोषबाट १००० डलर थप गरि जम्मा जम्मी ५६२९.९८ डलरको चेक एनआरएनए अमेरिकाका उपाध्यक्ष जेदु पोखरेल तथा कोषाध्यक्ष एवं आपतकालिन कोषका संयोजक डा प्रकाश अर्याल मार्फत प्रदान गरिएको थियो ।

उक्त चेक हस्तान्त्रण गर्ने कार्यक्रममा एनआरएनए मेरिल्याण्ड च्याप्टरका अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठ ,एनआरएन मेरिल्याण्डका कोषाध्यक्ष बिष्णु बराल हेल्प डेस्क च्याप्टर संयोजक ईन्द्र थापा एवं एनआरएनए सदस्य तथा समाजसेवी राजु पराजुली लगाएतको उपस्थिति थियो ।

प्रतिक्रिया