विश्व साहित्य सम्मेलनको लागी बरिष्ट साहित्यकारहरु बेलायत पुगे ।

इनेप्लिज २०७५ साउन २६ गते ३:०७ मा प्रकाशित

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत

गत १० अगष्ट २०१८ को दिन प्रोफेसर तुलसी दिवस र प्राडा गोविन्दराज भट्टराई विश्व साहित्य सम्मेलनको लागी बेलायत आई पुगेका छन ।

विश्व नेपाली साहित्य महासङ्घ केन्द्रिय कमिटीले आउदो १२ अगष्ट २०१८ को दिन बेलायतको केन्टबरी युनिभर्सिटीको सभाहलमा विश्व नेपाली साहित्यसम्मेलन गर्ने निर्णय केहि महिना अगाडी गरे अनुसार उक्त सम्मेलनको लागी प्रोफेसर तुलसी दिवस र प्राडा गोविन्दराज भट्टराई बेलायत आएका हुन । हिथ्रोएयरपोर्ट अवतरण पश्चात स्वागतका लागी विनेसामका केन्द्रिय अध्यक्ष बिश्वासदीप तिगेला, विनेसाम साउथ यूकेका पुर्व अध्यक्ष बिजय हितान साथै केन्द्रियकमिटीका सचिव केदार साङ्केत एयरपोर्ट पुगेका थिए ।

उक्त सम्मेलनमा बेलायतका धेरै साहित्यकारहरुको उपस्थिति हुने, अन्य देशहरुबाट पनि प्रतिनिधिहरु आउने साथै विनेसाम साउथ र वेस्ट बेलायत शाखाकासदस्यहरुको सहयोग रहने जानकारी तिगेलाले दिए ।

प्रतिक्रिया