अमेरिकाले नागरिकता प्रदान गर्नु अगाडी जान्नु पर्ने ५ कुराहरु ,के चाही गरे नागरिकता लिन बाट बन्चित हुइञ्छ ?

इनेप्लिज २०७५ साउन २६ गते १:५५ मा प्रकाशित

 

विजय थापा, अमेरिका आउनु नै गाह्रो । प्रवेश आज्ञा लिन पाउनु नै अहो भाग्य । सपनाको देश । अवसरको भूमि । अमेरिका देश आउनु नै ठुलो कुरा हुन्छ । त्यसमा पनि स्थाई आवासीय पत्र (हरियो पत्र ) पाउनु नै भाग्यशाली । हरियो पत्र प्राप्त भए पछि झन् नागरिकता लिनु झन् आनन्द । त्यो सबै भन्दा सन्तुष्टि कुरा हो ।

अमेरिकामा नागरिकता दिने फरक शैली हुन्छ । अमेरिकामा नेचुरलाईजेसन सेरोमोनिमा ,अर्थात् नागरिकता प्रदान समारोहमा नागरिकता प्रदान गरिन्छ ।

सबै भन्दा पहिला हामीले पाएको स्थाई आवासीय पत्र (ग्रिन कार्ड ) पाएको ५ बर्षमा नागरिकता पाइने भएकोले त्यो कुरा ख्याल गर्न जरुरी हुन्छ । ५ बर्ष पुगे पनि प्रक्रिया पुगेता पनि नागरिकता नदिन पनि सक्छ । सबै भन्दा पहिला अपराधिक गतिविधिमा संलग्न भएमा ठुलो असर पर्छ । नदिने स्थिति सम्म हुन्छ । तपाईले केही गर्न सक्नु हुन्न । तसर्थ अमेरिका आएका नव आगन्तुकले यो कुरा गाठो पारेर राख्नु पर्छ । नत्र जीवन भर स्थाई आवासीय पत्र ले नै काम चलाउनु पर्ने हुन्छ ।

त्यसो त ,हरियो पत्र ले सबै काम गर्छ तर मतदान मात्र गर्न पाइदैन भन्ने गरिन्छ । तर नागरिकता लिए पछि अन्य फाइदा उपयोग गर्न सकिन्छ । जव तपाईलाई नागरिकता लिन मन लाग्यो र समय ५ बर्ष भयो भने तयार हुनु होस् ।

के गर्नु पर्छ ? युएस सिटीजनशिप एण्ड इमिग्रेसन सर्भिस ( युएस नागरिकता तथा आप्रवासन सेवा ) ले तपाई नागरिकता को लागि इच्छुक हुनु हुन्छ भने युएस सिटीजनशिप एण्ड इमिग्रेसन सर्भिसले एन-४०० नामक आबेदन पत्र स्वीकृत गर्नु पर्छ । त्यस पछि निष्ठाको सपथको लागि समय निर्धारण गर्दछ । यसरी यो सपथ समारोहमा सरिक पुरा भएमा नागरिक बन्न पाइने हुन्छ ।

सपथ न्यायिक र प्रसासनिक तरिकाले सपथ गर्न सकिन्छ । न्यायिकमा अदालतले र प्रसाशनिक सपथ युएस नागरिकता तथा आप्रवासन सेवाले गराउदछ ।
जान्नु पर्ने र चनाखो हुनु पर्ने कुराहरु :

पहिलो : अमेरिकन नागरिकता लिने ले सपथ लिने सूचना प्राप्त गर्दछन । कहिलेकाही अन्तरवार्ता भएको दिन नै सपथ समारोहमा भाग लिन पनि सकिन्छ । यदि सपथ समारोह उपलब्ध छैन भने मिति ,समय र स्थान बारेमा जानकारी गराउदछ्न । यसको लागि एन-४४५ आवेदन पत्र भर्नु पर्छ ।

यदि समय मिलेन भने त्यो आबेदन पत्र फर्काउनु पर्छ भने पहिले लिएको सपथ समारोहमा ब्याख्या सहित पत्र द्वारा अनुरोध गर्नु पर्छ । एक पटक भन्दा ज्यादा भाग नलिएमा आबेदन पत्र समेत अस्वीकृत पनि हुन् सक्छ । तसर्थ यस बिषयमा धेरै ध्यान दिनु जरुरी हुन्छ ।

दोश्रो : सपथ समारोह खोज गर्नु पर्ने : सपथ समारोहमा आए पछि युएस सिटीजनशिप एण्ड इमिग्रेसन सर्भिस संग आफ्नो बारेमा सोध्नु पर्छ । उक्त कार्यालयले मागेको कुरा तथा फारम एन -४४५ पुरा भरेर प्रश्नावलीको जवाफ दिनु पर्ने हुन्छ ।

तेश्रो : स्थाई आवासीय पत्र फिर्ता दिनु पर्ने : नागरिकताको लागि सपथ ग्रहणमा सहभागी हुनु अगाडी स्थाई आवासीय पत्र फिर्ता दिनु पर्ने छ । यदि हराएको छ भने प्रमाण दिनु पर्छ । अनि मात्र भाग लिन पाइने हुन्छ । हरायो मात्र भनेर मिल्दैन ।

चौथो : निष्ठा को सपथ र प्रमाण पत्र:

जव सम्म तपाई निष्ठा को सपथ ग्रहण समारोहमा भाग लिनु हुन्न तपाई अमेरिकन नागरिक बन्नु हुन् । सपथ लिए पछि मात्र तपाईले नागरिकताको प्रमाण पत्र पाउनु हुन्छ ।

पाचौ : नागरिकता प्रमाण पत्र प्राप्त गरिने :

नागरिकताको प्रमाण पत्र लिए पछि एक पटक राम्रो संग हेर्नु पर्छ । यदि कुनै गल्ति छ भने युएससीआइएसलाई समारोह स्थल छोड्नु भन्दा पहिले खबर गर्नु पर्छ ।

यदि हाम्रो आफ्नै करण उक्त प्रमाण पत्र हराएको छ भने पुन एन- ५६५ आबेदन पत्र भर्नु पर्छ । यसको लागि हामीले युएससीआइएसका अधिकारी संग १-८००-८७०-३६७६ मा कुरा गर्ने या उक्त फारम बिधुतिय प्रक्रिया बाट निकाल्नु पर्छ । जसको आबेदन दस्तुर $ ५५५ डलर रहेको हुन्छ ।

यदि अमेरिकन नागरिक भए पछि अमेरिकन राहदानीको लागि निवेदन दिनु पर्छ । यदि मतदाता बन्ने हो भने उक्त स्थानमै राज्य तथा स्थानीय व्यक्तिहरुको माध्यम बाट नाम दर्ता गर्न सकिने छ ।

प्रतिक्रिया