रक्त क्यान्सर पिडित १७ बर्षीय अनिल राईलाई ३३ लाख सहयोग, हेर्नुहोस् कसले कति गर्यो सहयोग [भिडियोसहित]

इनेप्लिज २०७५ साउन २३ गते २:१२ मा प्रकाशित

पिएपिखबर, भक्तपुर। खोटाङ् जिल्लामा जन्मिएका अनिल राईको परिवारमा चार दिदीबहिनी चार दाजुभाई र आमाबुबा गरेर १० जना सदस्य छन्। ८ जना सन्तान मध्य अनिल काइला छोरा हुन्। खोटाङ् जिल्लामा १० कक्षा सम्म पढाई सकेर उनी इमाडोल, ललितपुरमा पढ्न आएका थिए।

दिदि भिनाजु इमाडोल बस्ने भएकाले आफुलाई सहज हुन्छ भन्ने सोचाइका साथ अनिल दिदिसँगै बस्दै आएका छन्। उनी अहिले कक्षा १२ मा अध्ययनरत छन्। उनको जीवन आम मानिसक जस्तै बितिरहेको थियो। विद्यालय जाने, पढ्ने, साथीभाईसँग हासखेल गर्ने अनिलको जीवनमा एक्कासी कालो बादल मडारियो।

शुरुमा शरीरको अधिकाम्स भागमा रातो रातो जस्तो देखिन पछि अनिलले आफ्नो दिदिलाई भने। उपचार गराउने क्रममा उनलाई ब्लड क्यानसर भएको थाहा भयो। अहिले उनी बानेश्वोर, काठमाडौँ स्थित सिभिल सर्भिस हस्पिटलमा उपचाररत छन्। अस्पतालमा भर्ना भएर बसेको धेरै दिन भइसक्दा पनि उनको उपचार भने हुन सकीरहेको थिएन। उपचार गर्नको लागि आर्थिक अवस्था कम्जोर भएकै कारण उनको उपचारमा ढिलाई भईरहेको छ।

अनिल राईको आमाबुबा खोटाङ् जिल्लामा कुटोकोदालो गरेर दुई छाक टार्छन्। आफ्नो आर्थिक अवस्था कमजोर भएकोले आफ्नो छोराको उपचार गर्न सकेनन् अनिलका आमाबुबाले। त्यसैले आफ्नो छोराको उपचार गर्न छोरी ज्वाईलाई सुम्पिदिए।

अनिलका भिनाजु केसर राई कुवेतमा बैदेशिक रोजगारीको लागि गएका थिए। आफ्नो सालो एक्कासी क्यान्सर पिडित भएको खबरले उनलाई दुखि बनायो। उनले नेपाल आउने निधो गरे। भाईको उपचार गर्न उनी नेपाल आए। आफुले कमाएको पैसा उनले भाई कै उपचारको लाग खर्चिए। अनिलको उपचारमा दैनिक पैसा खर्च हुने हुँदा पैसाको अभाव भएकोले गर्दा मैले छोराछोरीको स्कुल फि सम्म तिर्न सकेको छैन भन्दै गुनासो गरे केसरले।

अनिल भर्खर १७ वर्षको भए। भर्खरको उमेरमा यस्तो रोगले पिडित भएकोमा उनलाई बचाईदिन खोटाङ् जिल्लामा ‘अनिल राई बचाउ अभियान’ पनि थालिएको छ। उनको उपचारको लागि सहयोगी मनहरुको खाँचो थियो।

विशाल हृदय पारेर आफुले सकेजति सहयोग गरिदिनु हुने सम्पूर्णप्रति अनिलको जीवन नै सहयोगी गुणको ऋणी छन्। केहि समय अघि पनि अनिल राईलाई सहयोगक रकम हस्तान्तरण गरिसकिएको छ। पुन केहि रकमहरु संकलित भएका छन्। सोहि रकम उनलाई प्रदान गरिएको छ।

हाल उनलाई ३३ लाख रकम सहयोग गरिएको छ। उक्त रकम सिंगापुर, हंकङ, दुवई, मलेसिया, कुवेत, साउदी अरबिया, कतार, जापान लगायत नेपालको अन्य ठाउँबाट उठेको सहयोगको रकम हो। उनले अब नयाँ जीवन पाउने भएका छन्। देशको रक्षा गर्ने उनको सपना अब पुरा हुने भएको छ।

देशविदेशमा आफुले मिहिनेतले कमाएको धन सकेको जति सहयोग गरिदिएर अनिलको जीवन बचाईदिने सबैप्रति उनी पनि आभारी रहनेछन्।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया