सोमबार, असोज २९ २०७५
काठमाडौं १६:२६
वासिङटन डिसी 06:41

कोहली पुगे टेस्ट क्रिकेटको शीर्ष वरीयतामा

इनेप्लिज २०७५ साउन २० गते १२:१५ मा प्रकाशित

काठमाडौं, २० साउन । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली टेस्ट क्रिकेटको शीर्ष वरियतामा पुगेका छन् ।

एकदिवसीय क्रिकेटको शीर्ष वरीयतामै रहेका कोहली टेस्ट क्रिकेटको पनि शीर्ष वरियतामा पुगेका हुन् । कोहली आईसीसीले जारी गरेको टेस्ट क्रिकेटको वरियतामा शीर्ष स्थानमा उक्लिन सफल भएका हुन् ।

यसअघि उनी दोस्रो स्थानमा रहेका थिए । अष्ट्रेलियाका स्टिभ स्मिथ प्रतिबन्धमा पर्नुले कोहली पहिलो वरीयतामा आउन मद्दत गरेको छ ।

बिगारेको आरोपमा स्मिथलाई १ बर्षको प्रतिबन्ध लगाईएको छ । कोहलीले स्मिथलाई ५ अंकले पछि पारेका हुन् । स्मिथको अंक बढ्नुको सट्टा घटेर ९ सय २९ भएको छ तर कोहली लगातार बढेर ९ सय ३४ पुग्दा उनी शीर्ष स्थानमा उक्लिन सफल भएका हुन् ।

आईसीसीले जारी गरेको टेस्ट वरीयताको तेस्रो नम्बरमा इङ्ल्याण्डका जोय रुट, चौथो नम्बरमा न्यूजिल्याण्डका केन विलियमसन, पाँचौ नम्बरमा अष्ट्रेलियाका डेभिड वार्नर रहेका छन् ।

टेस्ट क्रिकेटको बलिङ तवर्फ इङ्ल्याण्डका जेम्स एन्डरसन २ अंकले शीर्ष स्थानमा रहेका छन्। एन्डरसनको ८८४ अंक हुँदा दक्षिण अफ्रिकाका कागिसो रावडाले ८८२ अंक जोड्दै दोस्रो स्थानमा छन् ।

प्रतिक्रिया