जुलाई २६ भन्दा अघि सगुनको लगानी फर्म भरिसकेकाले बैकखाताबाट वायर ट्रान्सफर गरी अगष्ट १० सम्ममा पैसा पठाउन सक्ने

इनेप्लिज २०७५ साउन १८ गते २३:०९ मा प्रकाशित

अमेरिकी सेक्युरिटिज एण्ड एक्सचेञ्ज कमिसन (SEC) बाट सगुनले मिनी आइपीओ मार्फत स्वामित्व शेयर विक्री गर्न पाउने एक वर्षको समय यहि जुलाई २६, २०१८ मध्यराती (न्यूयोर्क समय) देखि समाप्त भएको छ । बढिमा २० मिलियन डलर बराबरको स्वामित्व शेयर एक वर्षको अवधिमा विक्री गर्न पाउने स्वीकृति प्राप्त भए अनुसार विभिन्न चरणहरु गरी सगुनले ‘मिनी आइपीओ’ खुल्ला गरेको थियो ।

तीन चरण गरि खुल्ला गरिएको मिनी आइपीओ मार्फत विश्वका विभिन्न ८० देशका ८६४६ जना लगानीकर्ताहरुबाट लगानीको प्रतिवद्धता जाहेर भएको थियो । तेश्रो तथा अन्तिम चरणमा विश्वभरिबाट गरि ५८ वटा देशहरुबाट सर्वसाधरणहरुले लगानीको प्रतिवद्धता जनाएका छन् । निश्चित प्रकृया पूरा भइसकेपछि वास्तविक संख्या र रकमको बारेमा हामी जानकारी गराउने छौँ ।

विशेष गरि तेश्रो चरणमा लगानी गरिसक्नु भएका सबै लगानीकर्ताहरुलाई आफ्नो पासपोर्ट र आफू हाल बसिरहेको देशको ठेगाना खुल्ने परिचय पत्र (ड्राइभर) लाइसेन्स वा काम गर्ने कम्पनीले उपलब्ध गराएको परिचय पत्र वा अन्य कुनै पनि कागज पत्र जसमा आफ्नो ठेगाना उल्लेख गरिएको छ, तल उल्लेख गरिएको इमेल ठेगानामा उपलब्ध गराइदिनु हुन अनुरोध गर्दछौं । तपाइहरुको यिनै काजगपत्रको आधारमा बैंकले प्रमाणिकरण गरेपछि मात्र लगानीको प्रकृया पुरा हुने कुरा पनि जानकारी गराउन चाहन्छौँ ।

त्यसै गरि अगष्ट १४, २०१८ सम्ममा बैंकले प्राप्त गरेको रकमलाई मात्र लगानी रकमको रुपमा स्वीकार गर्ने भएको र वायर ट्रान्सफर गर्न सामान्यतया दुर्इ देखि ४ दिनसम्म लाग्ने भएकोले मिनी आइपीओको तेश्रो तथा अन्तिम चरणमा लगानीको प्रतिवद्धता जनाउनुहुने सबै सर्वसाधारणहरुलाई आफूले प्रतिवद्धता जाहेर गरेको रकम अगष्ट १०, २०१८ सम्म वायर ट्रान्सफर गरी पठाइसक्नुहुनसमेत अनुरोध गर्दछौँ ।

साथै वायर ट्रान्सफर गरिसकेपछि माथि उल्लेख गरिए अनुसार आफ्नो पासपोर्ट र फर्म भन्दा उल्लेख गरेको ठेगाना खुल्ने परिचय पत्र [email protected] वा [email protected] मा जतिसक्दो चाडो उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछौँ । लगानीको लागि फर्म भर्दा क्रेडिट / डेविट कार्ड मार्फत रकम पठाउने तरिका छनौट गर्नु भएका व्यक्तिहरुले रकम पठाउनका लागि सगुनको वेभसाइटमा उल्लेख इन्भेष्टमेण्ट हटलाइन फोन नम्वरमा सम्पर्क गर्न सक्नुहुनेछ ।

रकम पठाउन कुनै पनि प्रकारको समस्या भएमा वा थप जानकारी लिनु परेमा सगुनको साइटमा उपलब्ध गराइएको हटलाईन टेलिफोन सेवा, लाइभ च्याट वा इमेलबाट सम्पर्क गर्न सकिने कुरा समेत सबैमा जानकारी गराइन्छ । साथै लगानीको रकम पठाउन सहज होस् भन्नाका लागि लगानीको प्रतिवद्धता जाहेर गरेका व्यक्तिहरुलाई सगुन टिमका सदस्यहरुले पनि सम्पर्क गर्न सक्नेछन् ।

स्टार्ट अप कम्पनीमा लगानी गर्नु अन्य कम्पनीहरुमा लगानी गर्नु भन्दा फरक छ । यो फरक प्रकारको अवसर सगुनले सबै सर्वसाधारणहरुलाई उपलब्ध गराएको थियो । विशेष गरी बिदेशमा बस्ने नेपालीहरुको लागि इतिहासमा नै यो पहिलो अवसर थियो । साथै यो हाम्रो र लगानीकर्ता अनि सबै शुभचिन्तकको लागि नयाँ अनुभव पनि हो । तर पनि जब्स एक्ट २०१२, रेगुलेशन ए प्लस अर्थात मिनी आइपीओ मार्फत शेयर विक्री खुल्ला गरेका अमेरिकी कम्पनीहरु मध्ये लगानीकर्ताको संख्या धेरै हुने कम्पनीहरुको सूचिमा सगुनले पनि आफ्नो स्थान सुरक्षित गर्न सकेको छ ।

हालसम्म प्राप्त लगानीकर्ताहरुको विश्वास, शुभचिन्तकहरुको सद्भाव र आम समुदायको समर्थन नै सगुनको सफलताको लागि शक्ति हो । लगानीकर्ताहरुका यी अपेक्षा र शुभचिन्तकहरुका आशालाई सगुनले क्रमशः पुरा गर्दै जानेछ । जसअुनसार सगुनको एण्ड्रोइड सिस्टमको लागि एप बजारमा आइसकेको छ भने आइओएस् एप बजारमा चांडै नै ल्याइने छ । साथै सगुनको डेस्कटप भर्सन पनि नयाँ स्वरुपमा प्रयोगमा ल्याइएको छ । त्यसको साथमा सगुनको मुख्य आकर्षण सोसीयल स्मार्ट कार्ड चाँडै बजारमा ल्याउने गरी द्रुतरुपमा काम भइरहेको छ । यसको साथमा पाइपलाइनमा भएका अन्य प्रोडक्टहरु क्रमशः प्रयोगमा ल्याइनेछ ।

अन्त्यमा, विश्वभरबाट सगुनलाई प्राप्त अपार माया, सद्भाव र सहयोगको लागि सगुन परिवार हार्दिक धन्यवाद ज्ञापन गर्दछ । विशेष गरी मिनी आइपीओ सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति तथा संघसंस्थाहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ । सगुनको योजना र सपनामा विश्वास गरी लगानी गर्ने सम्पूर्ण लगानीकर्ताहरुलाई विशेष धन्यवाद दिंदै सगुन परिवारमा हार्दिक स्वागत गर्दछौँ ।

त्यसैगरी सगूनका समाचार, सूचना र जानकारीहरुलाई आम समुदायसम्म पुर्याउन सहयोग गर्नुहुने सम्पूर्ण संचारकर्मी तथा संचार गृहहरु प्रति आभार तथा कृतज्ञता प्रकट गर्दछौँ । यस्तै व्यक्तिगत तर्फबाट सगुनको बारेमा जानकारी गराउनु हुने, सगुनको बारेमा चासो राख्नु हुने सबै महानुभवाहरु, शुभचिन्तकहरु तथा संघसंस्थाहरुमा हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ । यस कार्यलाई पूर्णता दिन अहोरात्र खट्नु हुने विभिन्न देशका सगुन प्रतिनिधिहरु तथा सल्लाहकारहरु लगायत अमेरिका, बेलायत, अष्ट्रेलिया, भारत, कोरिया, क्यानडा, कतार, युएइ, नेपाल लगायत अन्य देशहरूमा रहेका सगुनका सम्पूर्ण टिमहरूलाइ हादिर्क धन्यवाद ।

यसरी नै आगामी दिनहरुमा समेत यहाँहरु सबैको यस्तै साथ, सहयोग, सुझाव, र सल्लाह प्राप्त भइरहने छ भन्ने कुरामा सगुन विश्वस्त छ । पासपोर्ट तथा ठेगना खुल्ने परिचय पत्र पठाउने इमेल ठेगानाः [email protected] अथवा [email protected]

धन्यवाद ।
गोविन्द गिरी
संस्थापक
सगुन इंक
वासिङ्गटन डिसी, अमेरिका ।
अगष्ट ३, २०१८

प्रतिक्रिया