मंगलबार, कार्तिक ६ २०७५
काठमाडौं २२:०५
वासिङटन डिसी 12:20

नेदरल्याण्ड्ससँग बदला लिने मुडमा नेपाल

इनेप्लिज २०७५ साउन १८ गते १२:१२ मा प्रकाशित

काठमाडौं, १८ साउन । नेपाल र नेदरल्याण्ड्सबीच दोस्रो ओडिआई क्रिकेट खेल आज हुँदैछ । खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजे आम्स्टलभिनस्थित भिआरए ग्राउण्डमा हुनेछ ।

बुधवार भएको पहिलो ओडिआईमा नेपाल नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको छ । पहिलो खेलको कमजोरीलाई सुधार गर्दै नेपाल दोस्रो खेल जित्ने दाउमा छ ।

कप्तान पारस खड्काले पहिलो खेलपछि दिएको प्रतिक्रियामा दोस्रो खेलमा राम्रो खेल्दै जित हात पार्ने बताएका छन् ।

पहिलो खेलमा नेपालका चार खेलाडी शुन्यमा आउट भएका थिए भने पहिलो इनिङ्समा चोट लागेका ब्याट्सम्यान शरद भेषावकरले अन्तिम नम्बरमा ब्याटिङ गरेका थिए ।

चार खेलाडीले रनको खाता खोल्न नसक्नु र शरदको चोटका कारण नेपालले गतिलो सुरुवात गरेर पनि १९० नरको लक्ष्य भेट्टाउन सकेको थियो ।

पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र अनिल शाहले ५८ रन जोड्नु बाहेक राम्रो साझेदारी हुन सकेन। ज्ञानेन्द्रले सर्वाधिक ५१ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले ३४ रन बनाएका थिए ।

अनिल शाहले २१ तथा पारस खड्काले १२ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बलिङमा कप्तान पारस खड्काले ४ तथा सोमपाल कामीले ३ विकेट लिएका थिए ।

प्रतिक्रिया