क्रिष्टियन धर्ममा लागेका बिरामीलाई समेत् मैले निको पारे : वन झाक्री दिल कुमार तामाङ

इनेप्लिज २०७५ साउन १८ गते ११:३२ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर : काठमाडौँको जोरपाटीमा बस्ने वन झाक्री दिल कुमार तामाङको चर्चा अहिले निकै चुलिएको छ। देशमा मात्र नभई विदेशमा समेत उनको चर्चा बढिरहेको छ। उनी आफ्नो झाक्री विद्याले विरामी निको पार्ने कार्य गर्छन्। छोप्नी, काम्नी, बिहोस हुनी र अस्पताल गएर पनि विशोक नहुनी खालका विरामी झाक्री कहाँ आउने गर्छन।

सानो हुँदा बन झाक्रीले लगेर झाक्री विद्या सिकाएर पठाएको उनको भनाई छ। वन झाक्रीको विद्या पाएको हुनाले दिल कुमार तामाङ्ग पनि वन झाक्री बने। अहिले उनी विरामीको रोग निवारण गर्नमा व्यस्त छन्। छोप्नी, काम्नी, बिहोस हुनी र अस्पताल गएर पनि विशोक नहुनी खालका विरामी झाक्री कहाँ आउने गर्छन। त्यस्तै, उनले अल्सर, क्यान्सर, ग्यास्ट्रिक जस्ता रोग लागेका विरामीलाई अस्पताल जान नै सल्लाह दिने गर्छन।

झाक्रीको भेष पहिरिएर ढ्यांग्रो ठटाएर विभिन्न मन्त्र जपेर उनी र उनका चेला मिलेर उपचार गर्ने गर्छन। उनले उपचारको क्रममा चामलबाट झोखाना हेर्ने, कुचोद्वारा झारफुक गर्ने, विभिन्न औषधी सुंग्न लगाउने, जनावरको सिङ्गहरु देखि पुजा सामानहरुको पनि प्रयोग गरी पुजाआजा गर्दै धामी उपचार गर्ने गर्छन। उनी अरु धामीझाक्री जस्तो जीवको बली दिनेमा विश्वास राख्दैनन। उनी यसको विल्कुलै विरुद्ध रहेका छन्।

उनी अहिले सामाजिक संजालमा छाहिरेका छन्। उनी भन्छन,’मेरो अन्तर्वार्ताबाट मेरो चर्चा आज विश्वभर छ। सामाजिक संजालकै कारण अहिले उपचार गर्न देश विदेशबाटै व्यक्तिहरु आईरहेका छन्। भिडियो हेरेरे क्रिस्टियन धर्म मान्ने व्यक्ति समेत् आएर उपचार गरेर गएका छन्।’ उनले फोटो र जन्ममितीबाट समेत् जोखाना हेराई उपचार गर्ने गर्छन।

प्रतिक्रिया