मिडियामा भाइरल सुनमान्छेको नयाँ डेड लक रुपको कारण श्रीमतीले मागिन डिभोर्स [भिडियो]

इनेप्लिज २०७५ साउन १७ गते १०:५३ मा प्रकाशित

काठमाडौँ: काठमाडौको जोरपाटी बस्ने सुवास लामा सुनमान्छेको नामबाट परिचित छन्। उनले लगाएका सुनका मुन्द्राबाट उनी निकै नै चर्चामा रहेका छन् । सुन लगाएकै कारण एकपटक प्रहरीलले पनि भ्यानमा हालेर घर लगि सोधपुछ गरेको र त्यसपछि उनलाई प्रहरीले असल मान्छे रहेछन भनेर छाडीसकेको छ।

फरक-फरक गेट-अप गर्न मन पराउने भाइरल सुनमान्छे यतिबेला भने आफ्नो फरक गेट-अपको कारण समस्यामा छन। प्रहरीबाट नभई यतिबेला उनी आफ्नै श्रीमतीसँगको झगडा दिनानुदिन बढ्दै गएकोमा तनाबमा छन। सुन लगाउदा सम्म श्रीमतीले कुनै गुनासो नगरेतापनि अहिले कपालमा डेड लक हानेपछि भने श्रीमतीले गुनासो गर्न थालेको उनले बताएका छन । आफु फरक गेट-अप गर्न पछि नहट्ने तर श्रीमतीलाई मन पर्दैन भने सम्बन्ध बिच्छेद गर्नुपरेतापनि कुनै बिष्मात नलाग्ने उनले बताए।

कलाकारितामा समेत उत्तिकै रुची राख्ने उनले नयाँ फिल्म घनचक्रमा सौगात र सोनल बस्नेतसँग पनि स्क्रिन शयेर गरोसकेका छन् भने अब उनी बज्र फिल्मको काममा व्यस्त छन्। घनचक्र अब छिटै रिलिज हुने तयारीमा छ। उनलाई टेली सिरीयलबाट पनि अफर आईरहेको छ। उनले यसअघि थुप्रै चलचित्रमा फाइटरको अभिनय गरिसकेका छन्।

बाँकी हेर्नुहोस भिडियो :

प्रतिक्रिया