१९ औं “मुहटाडी ईन्टर्नेसनल ड्रमीङ फेसस्टीभल”मा “हिमालयन भाईब्स”द्वारा नेपाली लोक तथा पक्षिमी सांगितिक कोशेली प्रस्तुति

इनेप्लिज २०७५ साउन १२ गते २१:२९ मा प्रकाशित

टोरोन्टो, नेपाली लोक सांगितिक समुह “हिमालयन भाईब्स”ले हालै टोरोन्टोमा भएको १९ औं “मुहटाडी ईन्टरनेसनल ड्रमीङ फेसस्टीभल”मा सहभागिता जनाएको छ। सो मेलामा “हिमालयन भाईब्स”ले मारुनी, सोरठी लगायतका नेपाली लोक धूनहरु प्रस्तुत गरेका थिए भने नेपालमा प्रशिद्द “ओम माने पेमे हुँ” श्लोक लाई पक्षिमी शैलीमा प्रस्तुत गरेका थिए। कार्यक्रमको अर्को आकर्षण भनेको समुहको नयाँ सिर्जना “बीच फ्युजन”लाई पक्षिमी सांगितिक तालमा प्रस्तुत गर्दा दर्शकहरु मन्च अगाडी नाच्न आएका थिए।

सो कार्यक्रमको प्र्स्तुति नेपालका प्रशिद्द बाद्यबादक एबम “हिमालयन भाईब्स”अभियन्ता सानुराजा महर्जनको नेतॄत्वमा हरि लम्साल, प्रदीप बाँस्कोटा, मनोज राजभण्डारी, सुरज शर्मा, किशोर राजभण्डारी, उत्तम माकजूले मादल, धिमे, हार्मोनियम, बाँसुरी, भूस्या, छुस्या, चाँप, गिटार लागायतका सांगितिक सामाग्री को ताल शुरमा गरेका थिए । सो कार्यक्रम हेर्न आएका एक नेपाली दर्शकले अन्तरराष्ट्रीय मेलामा नेपाली संगीत सुन्न पाउँदा आफूलाई गर्ब लागेको बतताउनु भयो ।

गत १९ बर्ष देखि निरन्तर संचालन गर्दै आएको सो दुइ दिने मेलामा नेपाल लगायत ब्राजिल, ट्रिनिदाड एण्ड टोबागो,जापान, क्यानडा, माली, पक्षिमी अफ्रिका, आयरलाण्ड, नाईजेरिया, क्युबा, गीनी तथा क्याराबियन मुलुकहरुको सहभागिता थियो ।

यसै सन्दर्भमा क्यानडामा नेपाली लोक संगीत प्र्बर्द्दन गर्ने उदेश्यले स्थापित “हिमालयन भाईब्स”को संलग्नता नेपाली समुदाय लगायत अन्तरराष्ट्रीय मेलाहरुमा पनि बढदै गएको छ। अन्तरराष्ट्रीय स्तरको कार्यक्रमहरुमा गत मे महिनामा टोरोन्टोमा “ग्लोबल भिलेज फेस्तिभल” , गत जुलाईको पहिलो सप्ताहमा क्यानडाको राजधानी ओटावामा “ओटावा वेल्कम्स दी वर्ल्ड” एबम गत हप्तामा १९ औं “मुहटाडी ईन्टर्नेसनल ड्रमीङ फेसस्टीभल”मा आफ्नो प्रस्तुति प्रस्तुत गरि अन्तरराष्ट्रीय समुदायमा पनि नेपाली लोक संगीतको परिचय दिन सफल भएको छ ।

प्रतिक्रिया