तामाङ सोसाइटी अफ एन-एस-डबल्यु-सिडनीको अध्यक्षमा सुनदोर्जे तामाङ

इनेप्लिज २०७५ साउन ११ गते ११:१२ मा प्रकाशित

तामाङ सोसाइटी एन-एस-डबल्यु सिडनीको दशौ वार्षिक साधारण सभा मार्फत सर्वसम्मत रूपमा सुन दोर्जे तामाङको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गरेको छ।१० वर्ष देखी अस्ट्रेलिया, सिडनीमा तामाङ एकता, सस्कृति,भेषभुषा संबर्धन र प्रबर्धन गर्दै आएको समाजको साधारण सभा विभिन्न ब्यक्तिवहरुको उपस्थितिमा सिडनीको ओवनमा सम्पन्न भएको थियो।

संस्थाका संस्थापक अध्यक्ष तथा संस्थाका वरिष्ठ सल्लाहकार अरुण तामाङ ज्युले कार्यक्रमको प्रमुख संयोजन गर्नु भएको थियो भने संस्थाका निवर्तमान महासचिव किशोर तामाङले संस्थाले विगतमा गरेका सांस्कृतिक कार्यक्रम,आर्थिक सहयोग कार्यक्रम,पिकनिक-बर्बेक्यु लगायतका भेटघाट कार्यक्रम, विभिन्न संयोजन कार्यक्रम लगायतका कार्यक्रमहरू बारे जानकारी गराउनु भएको थियो।

संस्थाले कार्यसमितिलाई थप विस्तार गर्दै अध्यक्षमा सुन दोर्जे तामाङ, उपाध्यक्षमा सरस्वती तामाङ,किशोर तामाङ र अनिल तामाङ, महासचिवमा अविरल तामाङ, सचिवमा विशाल तामाङ,कोषाध्यक्षमा अनिल तामाङ ‘लो’,सह-कोषाध्यक्षमा प्रवीण तामाङ, सांस्कृतिक संयोजकमा कमल तामाङ र रश्मि तामाङ र युवा संयोजकमा योजन्जी तामाङलाई सर्वसम्मतले निर्वाचित गरेको छ।

नयाँ कार्यसमितिको चयन सँगै संस्थालाई नयाँ गति र नयाँ कार्यक्रमहरूका साथ सिडनीमा रहनु भएका सबै तामाङहरूलाई समावेश गर्न सकिने किसिमले अगाडि बढाउँदै लगिने प्रतिबर्दता नवनिर्वाचित अध्यक्ष सुन दोर्जे तामाङले बताउनु भएको थियो।संस्थाका निर्वतमान अध्यक्ष दिल तामाङले आफ्नो कार्यकालका कार्यक्रमहरू,संस्था र कार्यक्रमलाई सहयोग गर्नु हुने सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो भने वरिष्ठ सल्लाकार अरुण तामाङले संस्थाबारे थप जानकारी तथा संस्थाले भबिय्यमा अवलम्बन गर्नु पर्ने बाटोबारे प्रकाश पार्नु भएको थियो। नवनिर्वाचित महासचिव अविरल तामाङले आउने कार्यकालमा संस्था थप सबल र प्रभावकारी कार्यक्रम र  लक्क्षमा साथ अगाडि आउने प्रतिबद्धता व्यक्त गर्नु भयो।

तामाङ सोसाइटी एन-एस-डबल्यु सिडनीले विगत १० वर्ष देखी सिडनीमा हरेक वर्ष बृहत ल्होछार कार्यक्रमको आयोजना गर्ने, विभिन्न तामाङ सम्बन्धित संरक्षण र प्रबर्धनका कार्यक्रमहरू गर्ने, सम्मान तथा नयाँ विद्यार्थीहरूलाई सूचना प्रदान गर्ने, विभिन्न सहयोग गर्ने लगायतका प्रवासमा तामाङ हितको कार्य गर्दै आएको छ।

 

 

प्रतिक्रिया