अशोक दर्जी प्रकरणमा पहिलो चोटि पत्रकार श्यामहरि शिभभक्तिको स्पष्टिकरण, खास कुरा यस्तो रहेछ

इनेप्लिज २०७५ साउन १० गते १०:५५ मा प्रकाशित

पिएनपिखबर, भक्तपुर। श्याम हरि शिवभक्ति लामो समय देखि चलचित्र सम्बन्धि पत्रकारिता गर्दै आएका एक व्यस्त पत्रकार मध्यमा पर्दछन्। नेपालमा विभिन्न ठाउँमा हुने स्टेज कार्यक्रममा पनि उनको सहभागिता हुने गरेको देखिन्छ । युवा पत्रकारको प्रतिनिधित्व गर्दै अगाडी बढेका उनको बोल्ने तरिका र व्यवहारले नै धेरै दर्शकहरुको मन रिझाएको छ ।

पत्रकारिताको हिसाबले होस या कार्यक्रम प्रस्तोता राम्रो ढंगले मेहनतको साथ आफु दर्शकहरुको मनोरंजनको लागि अगाडी बढ्ने उनको भनाई रहेको छ । युटुबमा पनि धेरै नेपाली सेलिब्रिटीहरुको अन्तर्वार्ता लिएर चर्चामा आएका उनलाई दर्शकहरुले निकै गहिरो हिसाबले मुल्यांकन गरिरहेको बुझिन्छ । पछिल्लो समय नेपाली चलचित्र पत्रकारिता क्षेत्रमा उनको छुट्टै किसिमको परिचय स्थापित भईसकेको छ ।

उनि एक रेडियोकर्मी समेत हुन्। निकै नरम र हँसिलो पारामा बोल्ने उनको बानी र कार्यक्रम संचालन गर्ने उनको फरक तरिकाले पछिल्लो समय उनी आम दर्शकको मनमा बस्न त सफल भएका छन् नै साथसाथै विवादित पनि भएका छन्।

केहि समय अघि मात्रै दिनेश डिसीको अन्तर्वार्तामा विवादमा आएका श्याम हरि फेरी अशोक दर्जीको काण्डमा पनि नमज्जाले फसेका छन्। अशोक दर्जी जो अहिले निकै चर्चाको शिखरमा छन् र सबैको आखाँको तारा बनेका छन् उनको खेदो खनेको उनलाई आरोप लागेको छ। अशोकको भन्दा पनि झापामा उनको को घर निर्माणका लागि रकम संकलन गर्न लागेका टंक बुढाथोकी, उनका दाजु टिका बुढाठोकी, दिपक न्यौपाने र डिजे रुपकको काममा बाधाअर्चन पुर्याएको आरोप लागेको छ।

भर्खरै मात्र एउटा सनसनीपुर्ण टेलिफोन वार्ता सार्बजनिक भएको छ जसमा अशोक दर्जीका प्रधानाध्यापक दिपक न्यौपाने र टंक बुढाथोकीका दाजु टिकाराम बुढाथोकीको संवाद थियो। अशोक दर्जी पढ्ने विद्यालयका प्रधानाध्यापक दिपक न्यौपानेले टंक बुढाथोकीका दाजु टिकाराम बुढाथोकीसँग गरेका फोन संवाद सामाजिक संजालमा सार्बजनिक भएको हो । उक्त फोन संवादमा अशोक दर्जीलाई कसरि प्लान गरी गरी प्रयोग गर्दै आएको छ भन्ने कुरा गरिएको छ।

उक्त फोन संवाद सार्वजनिक भए पश्चात टिका बुढाथोकिले पनि प्रेस मिट गरेर आफ्नो कुरा स्पष्ट परिसकेका छन्। फोन संवाद सुन्दा अशोक दर्जीलाई प्रयोग गरिएको हो भन्ने कुरा अनुमान लगाउन सकिन्छ तर आम दर्शकले यो सत्यता स्वीकार्न सकेका छैनन्।

श्याम हरि भन्छन्,’मैले स्ट्रिंग अपरेसन गरेर यत्रो सत्यता बाहिर ल्याय तर आलोचना मेरो नै भयो। अन्धो भक्त जस्तो दर्शक टंक र टिकाको भक्तिमा नै लागिरहन्छन् भने मेरो भन्नु केहि छैन।’

प्रतिक्रिया