विजय थापा ,डिसी एसोसिसन अफ नेपाली तराईएन इन अमेरिका (एन्टा )को बार्षिक सम्मलेन अमेरिकाको टेक्सस राज्यको ओडेसा शहरमा सम्पन्न भएको छ । संस्थाका वरिष्ट उपाध्यक्ष डा सुबोध मल्लिक डा. सुबोध मल्लिक द्वारा प्रायोजित वहा कै विशाल निवाश भवनम़ा गत जुलाई ६ – ८ सम्म तीन दिने मधेशी भेला भएको थियो ।
एन्टा ग्रेटर हुस्टन शाखा तथा शाखा अध्यक्ष डा. कौशल झा को सक्रियतामा कार्यक्रम सम्पन्न यो मधेशीहरुको पारिवारिक भेला समेत रहेकोले परिवार का अन्य सदश्यहरु समेत को उपस्थिति रहेको थियो ।
संस्थाको कार्यक्रम गत जुलाई ६ शुक्रवार बेलुका महिलाहरुको मेहदी बाट शुरु भएको थियो । एन्टाका आजीवन सदस्य रेखा कर्णको प्रयासले धेरै जना एन्टा आजीवन सदस्य समेत बनेका थिए ।
यसै बीच दुइ जना संस्थाका सदस्यहरुको जन्म दिन त्यही समय परेकोले मनाइएको थियो । सो दिन सांस्कृतिक कार्यक्रम गरि पहिलो दिनको सम्मेलन समाप्त भएको थियो ।
गत जुलाई ७ तारिख एन्टा का दुई वटा सत्र हरु सम्पन्न भएको थियो भने नेतृत्व तालिमका वक्ताहरु-संस्थापक अध्यक्ष रतन झा ,एन्टाका आजीवन सदस्य तथा नेपाली इन्जिनियर्स संघका अध्यक्ष डा उपेन्द्र कर्ण , पूर्व कोषाध्यक्ष डा विजय झा , आजीवन सदस्य डा सतिश मल्लिक , सिटियो धीरज चौधरी ,ओहायो का शाखा अध्यक्ष लक्ष्मी मण्डल ले आफ्नो अनुभव तथा नेतृत्वमा हुनु पर्ने गुण बारे बोलेका थिए ।
सुबोध उप्रेती , पूर्व एन्टाका शाखा अध्यक्ष देवेन्द्र कर्ण तथाकुशेसर मण्डलले पनि बहसमा भाग लिएका थिए । डा.सुनिल राय लेमधेशी एकताको आफु सधै हिमायती रहेको कुरा बताएका थिए । एन्टाका सल्लाहकार डा.अखिलेश सिंह ले कुनै संगठनको अगुवामा हुनु पर्ने विशेषता बारे कम्पुटरको माध्यम ले बताएका थिए ।
पुर्व एन्टा अध्यक्ष ललित झा तथा पूर्व शाखा अध्यक्ष धमेन्द्र ठाकुरले विधान समय अनुसार परिवर्तनशील हुनुपर्छ भन्ने तर्क राख्दै केहि संशोधनको सुझाव दिएका थिए ।
वरिष्ट उपसभापति तथा परियोजना समितिका प्रमुख डा मल्लिकको अगुवाईमा परियोजना समितिको बैठक बसेको थियो । बैठकमा अन्य परियोजना प्रोजेक्ट को अतिरिक्त दुई वटा नया परियोजनाको प्रस्ताव राखिएको थियो ।
डा अर्चना कायस्थ द्वारा स्वास्थ्य परियोजना तथा ग्रेटर न्यू योर्क शाखाका अध्यक्ष निलु झा द्वारा शिक्षा परियोजना बारेमा प्रस्ताव आएको थियो । यो दुवै नेपालमा हुने परियोजनाहरुको को निर्णय एन्टा कार्यकारिणी समितिले गर्ने बताएका छन् ।
महिला समितिप्रमुख डा. अर्चना कायस्थको अगुवाईमा महिला समितिको बैठक बसेको थियो । सहभागी महिला वक्ताहरमा उषा झा ,मधु तिवारी ,काजल किरण ,मुनमुन ठाकुर ,रश्मी ठाकुर ,निलम मल्लिक ,लक्ष्मी बछार,,ममता शर्मा ,मंजु सिंह, अनिता मण्डलले आफ्नो विचार ,अनुभव तथा सल्लाह दिएका थिए ।
उक्त महिला समितिले हामी एन्टा हामीका कारण यसरी एक ठाउँमा भेला हुने मौका पाएका छौ । यस्ता जमघट भै राख्नु पर्छ ,यसले गर्दा मधेशी परिवार नजिक आउने मौका पाउछ र आफ्नो अनुभव साटा साट गर्दा एक अर्का लाई फाइदा हुन्छ भन्ने बताएका थिए । .
सम्मेलनमा सहभागी भएका युवायुवतीहरुले पनि युवा समितिको बैठक गरेका थिए । युवा वक्ताहरु-डा.मोनिका मल्लिक, श्रीजना मण्डल ,भबेस राउत, सिंडी चौधरी , नेहा झा ,प्रियंका शर्मा ,रजत झा ,अवनतिका मल्लिक ,अनिशा मल्लिक ,,धृति ठाकुरले अंग्रेजीमा बोले पनि आफ्नो संस्कृति र अग्रज प्रति धेरै सम्मान देखाएका थिए ।
एन्टाले हाम्रो यूवाहरुलाई प्रोत्त्साहन गर्न केहि कार्यक्रम अगाडी सारेको छ। राम्रो शिक्षा तथा संस्कार हाम्रो समाज लाई बलियो बनाउछ ।
गत शनिवार साँझ डा. मल्लिक का पिताजी डा वीरेन्द्र कुमार मल्लिक तथा माताजी श्यामकला मल्लिकको साठी औ विवाह वर्षगाठमा मल्लिक परिवार र नातेदारहरु ,स्थानियमित्रहरु ,एन्टा परिवार सबै मिलेर धुमधाम संग मनाएका थिए ।
आइतवार विहान एन्टा राउण्ड टेबुल बैठकमा महा सचिव डा इन्द्रदेव साहु द्वारा तैयार पारिएको एन्टाले वर्षभरिमा गरेको उपलव्धिहरुलाई सह सचिव joint sडा जितेन्द्र ठाकुर ले प्रस्तुत गरेका थिए ।
साथै कोषाध्यक्ष मुकेश कर्ण द्वारा तैयार पारिएको एकवर्ष को आय-व्यय पनि प्रस्तुत गरिनुको साथै छलफल भएको थियो । अध्यक्ष विजय सिंह लगायत त्यहाँ उपस्थित एन्टा परिवार का सदस्यहरुले हाम्रो वरिष्ठ उप सभापति डा.मल्लिक ,श्रीमती मल्लिक तथा मल्लिकपरिवारलाई एन्टा सम्मेलनको सम्पूर्ण जिम्मेवारी लिएर भव्य सफल तथा उत्कृत सत्कार गर्नु भएको कृतज्ञता ज्ञापन गरेको छ ।
साथै कार्यक्रममा सहभागी तथा सहयोगी सबै लाई धन्यवाद ज्ञापन गरेको छ । डा. सुबोध मल्लिक र श्रीमती मल्लिकले आफु सबै को आतिथ्य -सत्कार गर्ने मौका पाउंदा धेरै धन्य भएको विचार व्यक्त गरेलका थिए । विदा हुन् वेलामा आमा श्याम्कला मल्लिकले सबैलाई तथा महिलाहरुलाई आशिर्वादको साथ एक -एक सारी दिएर बिदा गरेकी थिइन् ।
हुस्टन देखि ओडेसासम्मको गाडीमा भएको यात्रा १६ घण्टाको बाटो गायन र दृश्य अवलोकनले बाटो काटेको थाहा नपाइएको एन्टाका केन्द्रिय अध्यक्ष विजय सिंहले बताए ।
यो सम्मेलन मधेशी मेला झैं थियो ,किनकि यसमा अमेरिका निवासी मधेशीहरुको खुला निमन्त्रणको साथ -साथै मधेशी खाना र मधेशी संस्कृतिको प्रस्तुति भएको थियो ।
एन्टा सम्मेलनको बैठक झैँ रहन पुग्यो भने मधेशका विभिन्न जातहरु एउटा मधेशी परिवार भएर तीन दिन सम्म संगै बसेका थिए । उक्त भेलामा एन्टामा एक वर्ष मा भएको गतिविधि, आगामी कार्यक्रम वारे छलफल,संगठन लाई बलियो बनाउने सल्लाह -विमर्श आदि कुराहरु मुख्य कार्यसूची रहेको थियो ।अमेरिकामा पहिलो पटक भएको एन्टा ,मधेशी सम्मेलनले मधेशीहरुलाई नजिक ल्याउछ भने विश्वास रहेको संस्थाका अध्यक्ष विजय कुमार सिंहले ईनेप्लिजलाई जानकारी दिएका छन् ।
T
प्रतिक्रिया