विजय थापा,उत्तर अमेरिका कै नेपाली समुदायको सवै भन्दा जेष्ठ सामाजिक संस्था अमेरिका नेपाल सोसाइटी (समाज)को युवा टोलिले अमेरिकन संसद भवन को शैक्षिक भ्रमण गरेको छ ।
अमेरिका नेपाल सोसाइटीको इतिहास मै पहिलो पटक यस कार्यकारी समितिको पहलमा युनाईटेड स्टेट्स क्यापिटोल अर्थात् क्यापिटोल बिल्डिंग नाम द्वारा उक्त भवनलाई चिनिन्छ । यसलाई युनाईटेड स्टेट्स कांग्रेसको घर पनि भनिन्छ ।
उक्त भवन को भ्रमण पछि युवा टोलिहरु उनीहरु निकै उत्साहित भएको ,उनीहरुले ईतिहास जान्न पाएका र अन्य कुराहरु सिक्ने मौका पाएकोमा आफू पनि हर्षित भएको संस्था कि अध्यक्ष प्रभा भट्टराई देउजा ले बताइन । संस्थाको तर्फ बाट यसरि अभिभावक सहित उनीहरुलाई लिएर जान पाउनु भनेको ठुलो कुरा भएको उनले बताइन ।
उनीहरुलाई उक्त भ्रमण को पहल भर्जिनिया कग्रेससनल जिल्ला १० कि सभासदले बार्बरा कमस्टकले मिलाई दिएकी हुन् । भ्रमण गत मंगलबार जुलाई २४ तारिख एएनएस युवा टोलिले गरेको थियो ।
स्मरण रहोस अमेरिका नेपाल सोसाइटी सन् १९६७ मा नेपालका लागि तत्कालिन अमेरिकन राजदुत मानार्थ सभापति एल्सवर्थ बंकरले नेपाल र अमेरिका बीच सम्बन्ध स्थापना गर्ने हेतुले स्थापना गरेका हुन् ।
यिनै युवा टोलीले संस्थाका अधिकाश कार्यक्रमहरु मा स्वयम् सेवक रुपमा खटेर काम सफलता पुर्वक सम्पन्न गर्दै आई रहेका छन् ।
प्रतिक्रिया