नविका चिल्ड्रेन पार्क चितवनको पहिलो र नेपालकै सुबिधा सम्पन्न पार्क

इनेप्लिज २०७५ साउन ९ गते २२:४५ मा प्रकाशित

नविका चिल्ड्रेन पार्क चितवनको पहिलो र नेपालकै सुबिधा सम्पन्न अन्तराष्ट्रीय बाल संसारमा पर्दछ। यसका मुख्य परिकल्पनाकार अशोक बिक हुन। उनी सानै उमेरमा बिभिन्न संघ संस्थानों आबद्द भएर समाजमा बिभिन्न योगदान दिदै आएका छन । उनले आफुले गरेका कामको पब्लिसिटी गर्न रुचाउदैनन तर समाजको लागी केही गर्न पर्यो भने हमेसा तयार रहने गर्छन ।

उनी ब्यापारको सिलसिलामा चीन जादा, चाईनामा ब्यापार गरेर बस्ने आफ्ना दाई भाउजु संगै आफ्ना भतिज भतिजाहरुलाई चाईनाकै बाल संसारमा खेलाउन लैजादा ,उनलाई पनि आफ्नो मातृभूमिमा यस्तै खालको सुबिधा सम्पन्न बाल संसार खोल्ने जुक्ति दिमागमा फुर्यो । चाईनाको गोन्जाउ शहरमा ब्यापार गरेर बस्ने दाई भाउजु संग आफ्नो जुक्ति साझा गरे । दाई भाउजुले पनि त्यसरी बाल संसार खोल्दा ब्यापारको साथ साथै देश प्रति पनि सानो कन्ट्रीब्युसन हुने सोचेर यो प्रोजेक्टलाई अगाडी बढाउन सहमति र सल्लाह दिए ।

आफ्नो बाल्यकाल कागजको भकुन्डो र साईकलको पांग्रा समेत गुडाएर गुजारेको स्मृति साझा गरे। बाल्यकालमा बच्चाहरुलाई उचित मनोरन्जन र खेल्ने बातावरण दिन सकेको खन्डमा बच्चाहरुको शारीरिक तथा मानसिक बिकाशमा ठुलो टेवा पुग्ने बिभिन्न बालबिज्ञहरुले सार्वजनिक नै गरिसकेका छन । पैसा र पहुँच हुनेहरु हङ्कङ , सिंगापुर जापान , युरोप र अमेरिका गएर पनि यस्तो सुबिधा सम्पन्न बाल मनोरन्जन गृहका स्वाद चाखि सकेका छन ।

तर सबैको त्यो हैसियत हुदैन त्यसैले निम्न बर्गीय परिवार पनि ती बिदेशी बाल बालिकाले झै उही स्तरको मनकोन्जन गरुन भनेर अशोकले यो बाल गृह संचालन गरेको बताउछन । उनले भबिष्यमा छिट्टै नबिका वाटर पार्क पनि बिस्तार गर्ने सोच राखेको छन। उनी बराह ज्वेलर्समा चाँदीका गहनाको प्रमुखको रुपमा पनि आबद्द छन । उनी भन्छन सुन त सजिलै बिक्छ तर चादीको लागी धेरै मिहेनत र धेरै तरिका अपनाउनु पर्छ , उनी नेपाल मात्र नभैकन , भारतको दिल्ली स्थित ठुलो स्टिलका भाडाकुडा उधोग पहाडीया ग्रुपमा अन्तराष्ट्रीय बजार पनि हेर्छन ।

उनले गरेको मिहेनत र प्राप्त गरेको सफलताले कम्पनिले एउटा छुट्टै उचाई लिएको छ । उनले नेपालमा पनि पहाडीया ग्रुपको सामानहरुको बजारका ढोका खोलेका छन, यसक्रमा।

नेपाल र भारत पनि प्रशस्तै आवाज जावात गरिरहनु पर्ने हुदा परिवारलाई समय दिन नसकेको गुनासो गरे । उनले भने अमेरिका र युरोपमा सामानहरु त निकै पहिला देखी निर्यात भईरहेका छन तर त्यहा आफ्नै कम्पनी खोलेर अझै आक्रामक रुपमा अघिबढ्ने सोच पनि रहेको र छिट्टै यस प्रति आवश्यक कदम चाल्ने प्रतिबद्धता पनि ज़ाहिर गरे ।

जे होस अशोकले सोचेको र चालेको कदम सधै पुराहोस , उनीलाई सधै शुभ कामना छ, अशोक जस्तो प्रतिभाशाली युवा ब्यापारीहरु नया पिढी तथा नेपाली युवाहरुका लागी एउटा प्रेरणाका स्रोत हुन सक्छन ।

प्रतिक्रिया