कानुनमन्त्री र दुर्गा प्रसाईलाई कारबाही नभए सडक र सदन तताउनेछौ : डा. डीला संग्रौला

इनेप्लिज २०७५ साउन ८ गते २२:०३ मा प्रकाशित

 

पिएनपिखबर, भक्तपुर : रिपोर्टर्स क्लब नेपालमा मङ्गलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महिला सांसद तथा नेतृहरुले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङलाई कडा भन्दा कारबाही गर्न माग गरेका छन् ।

कांग्रेसकी केन्द्रीय सदस्य एवम प्रतिनिधिसभा सदस्य डा. डीला संग्रौलाले नारीको अस्मिता मिच्ने र काूननको धज्जी उडाउने खालका अभिव्यक्ति दिने कानूनमन्त्री तामाङको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरिन् ।

डा. डीला संग्रौला भन्छिन,’बंगलादेशमा अध्धयनरत छात्राहरु डाक्टर बन्नको लागि त्यहाँको प्रध्यानापकसँग शारीरिक सम्बन्ध राखेमा मात्र प्रमाण पत्र पाउने भनेर अपमानजनक, अम्यार्दित, घृणित शब्द प्रयोग गरेर गरेको अभिव्यक्तिको घोर भर्सना गर्दछौ। यस अभिव्यक्ति गैर जिम्मेवारी मन्त्रीले मात्र दिने अभिव्यक्ति हो। यसले सपूर्ण देशका नागरिकको शिर निहुरिएको छ। नारीको अस्मितामाथि प्रश्न उठेको छ। यस्ता अभिव्यक्ति दिने शेर बहादुर तामाङ्ग र मेडिकल सञ्चालक दुर्गा प्रसाईलाई कडाभन्दा कडा कारबाही गर्ने हाम्रो माग रहेको छ।’

डा. डीला संग्रौलाले कानुन मन्त्रीले माफी मागेर केहि नहुने र महिलालाई हिँसा गर्दा जे कारबाही हुन्छ त्यही कारबाही हुनुपर्नेमा जोड दिएकी छिन्। उनी भन्छिन,’यो कल्पोकल्पित, महिलाको धावा उडाउने, बनावटी, महिलाको खिल्ली उडाउने, नारीको अस्मितामाथि कसैलाई बोल्ने अधिकार छैन। आज सम्पूर्ण महिलाहरुको अस्मितामाथि प्रहार भएको छ। नेपाली समाज उदाङ्गो भएको छ। छाडा बोल्ने यी दुई व्यक्तिलाई कारबाही हुनुपर्छ। यो पनि एक प्रकारको हिँसा र बलात्कार हो।’ यसरी नेपाली समाज कहिले माथि उठ्न नसक्ने उनको भनाई छ।

सरकारले शान्तिपूर्ण तरिकाले एउटा विरोध गर्न पाउने एउटा लोकतन्त्रको राम्रो पक्ष भएपनि यी सबै कुरालाई ध्यान नदिई मानव अधिकारकर्मी तरुणदलका अध्यक्ष र कार्यकर्तामाथि दमन, शोषण गरी ठाउँ-ठाउंमा लाटी चार्ज, फाइरिंग, असुर ग्यास प्रहार भएको छ यसको घोर भर्सना र निन्दा गरिरहेको डा. डीला संग्रौलाको भनाई छ।

उनले डा केसीले उठाएको शिक्षा र स्वास्थ्यको अधिकारको अध्यादेश त्यस्तै रुपमा आउनुपर्ने र उनको जीवन रक्षा हुनुपर्ने उल्लेख  गरेकी छिन्। उनले यो कांग्रेसको मात्र माग नभई सिङ्गो समाजको माग रहेको उनले बताइन। उनले माग पुरा नहुनजेलसम्म सडक र सदन तताउने उनको भनाई छ।

नेपालीसमाजमा ठुलो क्रान्ति, परिवर्तन, लोक तन्त्र जनताले ल्याए पनि जनताको बाच्न पाउने बोल्ने अधिकार हनन भईरहेको उनले बताईन । पाखो बेचेर मेडिकल अध्धयन गर्ने पठाईएको चेलीको अस्मितामाथि सरकारले धावा बोलेको कारण सबैलाई जाग्न र निरकुशताको विरुद्ध लड्नलाई अनुरोध समेत् गरिन।

प्रतिक्रिया