रोग लागेपछि घरबाट निकाले, बुढा कता छन् कता पत्तो छैन, सेतीको बालुवा चालेर पोखरामा घर बनाउनेको कथा

इनेप्लिज २०७५ साउन ८ गते ११:०४ मा प्रकाशित

गोरखामा घर भएपनि साईलि दिदी अहिले पोखरामा छीन् । हामीलाई उनले आफ्नो नाम साईलि दिदी नै भनिन् । हामी पोखराको सेती नदिस्थित रामघाटमा पुग्दा उनि सेतीको पानी हेरेर बहाव घट्ने समय पर्खेर बसीरहेकी थिईन् । कतिबेला सेतीको पानी कम होला अनि टापुमा गएर बालुवा जम्मा पारौँला भन्ने उनको योजना थियो । हामी गएर पानी नघट्दा सम्म उनले आफ्ना कुराहरु हामीलाई बताएकी थिईन् ।

टिभि भएको भनेर घरबाट निकालिएकी साईली दिदी उपचार गराउन भारत समेत पुगेकी थिईन् तर उपचार सम्भन नहुने ठानेर त्यसै फर्कीईन् तर पछि नेपालमा नै उपचार गराउदा थाहा भयो साईली दिदीलाई क्यान्सर भएको रहेछ । घरबाट निकालीएकी साईली दिदी अहिले पोखराको रामघाटमा बालुवा चाल्छीन् र जिवन चलाउछीन् । उनि छोरीसंग बस्छीन् । श्रीमान संग नभेटेको २७ वर्ष भयो । बाँच्ने आशा मारेकी दिदीसंग हामीले गरेको भलाकुसारी तपाई पनि हेर्नुहोस

प्रतिक्रिया