मन्त्री बिरूद्ध प्रेस बिज्ञप्ति

इनेप्लिज २०७५ साउन ७ गते २२:०० मा प्रकाशित

प्रेस विज्ञप्ति

नेपाल सरकारका कानुनमन्त्री शेर बहादुर तामाङ र बी एण्ड सी अस्पतालका संचालक ब्यवशायी दुर्गा प्रसाईले, विभिन्न संचार माध्यममार्फत बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरिसकेका र हाल अध्ययनरत नेपाली छात्राहरूको अस्मीता र चरित्रमानै आँच पुग्नेगरी दिएको आपत्तिजनक अभिव्यक्ति प्रति हाम्रो संगठनको गम्भीर ध्यानआकृष्ट भएको छ ।यस्तो अपमानजनक, अमर्यादित अभिव्यक्तिहरुबाट आम नेपाली छोरीहरू र उनका परिवारजनमा पर्न गएको गहिरो चोटले हामीलाई मर्माहत बनाएको छ । यसरी बंगलादेशमा पढने नेपाली चेलीहरूको सामाजिक प्रतिष्ठानानै आघातपुग्ने गरी दिएको अमर्यादित गैरजिम्मेवार अभिव्यक्तिको नेपाली जनसम्पर्क समिति अमेरिका कडा निन्दा र भर्त्सना गर्दै, अभिव्यक्तिदिने मन्त्रीलाई तुरून्त बर्खास्तगर्न र ब्यवसायी प्रसाईलाई कानुन बनोजिम कारबाहिगर्न सरकारसँग जोरदारमाँग गर्दछ ।

यस्ता अभिव्यक्तिले सिंग नेपाली महिलाहरूको अपमान र मानमर्दन गरेको ठहर गर्दै, तल्लो स्थरको यस्ता अभिव्यक्तिहरूको बिरूद्धमा खुलेर एकजुट हुन नेपाली जनसम्पर्क समिति अमेरिका सबैलाई आग्रह गर्दछ ।

धन्यवाद , जय नेपाल
मुनिन्द्र नेम्बाङ

महासचिव

नेपाली जनसम्पर्क समिति अमेरिका

प्रतिक्रिया