सिंम्खडाको हिँडे पुगिन्छ न्युयोर्कमा विमोचन

इनेप्लिज २०७५ साउन ६ गते २०:०३ मा प्रकाशित

न्युयोर्क । पर्यटन व्यबसायी राजन सिंम्खडाको ‘हिँडे पुगिन्छ’ पुस्तक विश्वको राजधानी न्युयोर्क शहरमा विमोचन गरिएको छ ।

नेपाल अमेरिका पर्यटन पत्रकार संघको आयोजनामा न्युयोर्कको क्वीन्समा भएको एक कार्यक्रमबीच व्यबसायी सिंम्खडाको पुस्तक अन्तराष्ट्रिय रुपमा विमोचन गरिएको हो । मकालु ट्राभल एण्ड टुर्सका संचालक एवं टानका पूर्व महासचिव मोहन लम्साल र म्यानह्याटनमा मिड टाउन स्पाका संचालक केदार श्रेष्ठले संयुक्त रुपमा गर्नुभयो ।

सो अबसरमा लेखक सिम्खडाले आफूले घुमेका २९ देशका अनुभवनलाई पुस्तकमा समेट्न खोजिएको जनाउदैँ भन्नुभयो, “हामी बेलायत र अमेरिकाको कुरा गर्छौ । त्यो भन्दा अथाह सम्भावना त मैले नेपालमा नै देखेको छु । हो, यही कुरालाई मैले पुस्तकमा समेट्न खोजेको छु । ”

ब्यबसायी सिम्खडाले पर्यटकीय रुपमा नेपाल उर्वर भूमि रहेको जनाउदैँ पर्यटन क्षेत्रमा लगानी गरी नेपाललाई समृद्ध बनाउन सकिने जनाउनुभयो । नेपालका १८ देखि २५ बर्ष सम्मका युवालाई विदेशमा नभएर नेपालमा नै केही गर्न सकिन्छ भन्ने सन्देश पुस्तकले दिन खोजेको सिम्खडाले बताउनुभयो ।

विदेशी सीपलाई स्वदेशमा नै उपयोग गर्न सकिन्छ भन्ने नीति निर्मालाई सुझाव दिन पनि पुस्तक प्रकाशन गरेको पनि लेखक सिंम्खडाले जनाउनुभयो ।

सो अबसरमा पर्यटन व्यबसायी मोहन लम्सालले यो पुस्तक अहिलेको युवा पिडिको लागि प्रेरणाको श्रोतको रुपमा अगाडि आएको जनाउनुभयो । लम्सालले पुस्तकले स्वदेश र विदेशका धेरै विषयलाई समेटेको जनाउदै पर्यटन क्षेत्रमा जानकार राख्नेले पुस्तक पढ्नै पर्ने जनाउनुभयो ।

कार्यक्रममा पर्यटन ब्यबसायी केदार श्रेष्ठ, बैंकर प्रमोद शाह, न्युयोर्कका युवा ब्यबसायी सुबास अधिकारी, न्युयोर्कका व्यबसायी राम विष्टलगायतको उपस्थिति रह

प्रतिक्रिया