पिएनपिखबर, भक्तपुर : अहिले मानिसहरुले विभिन्न फरक-फरक प्रतिभा देखाएर गिनिज बुकमा नाम लेखाउन थालेका छन् । यस्तैमा किरण राई पनि विश्व किर्तिमान राख्ने प्रयासमा छन् । उनी हातले खुकुरी नाँच देखाएर आफ्नो रेकर्ड राख्ने तयारीमा रातदिन लागि रहेका छन्।
भोजपुरमा जन्मिएका किरण राई विदेश जाने सोचले काठमाडौँ आएका थिए। तर त्यो समय उनले सोचेको जस्तो काम भएन। त्यसपछि काठमाडौँमै मार्शल आर्ट सिके। मार्शल आर्ट सिक्ने क्रममा उनले त्यसबारे धेरै अध्ययन गरे। मार्शल आर्ट खेल्दा खेल्दै उनलाई यो भन्दा फरक केहि गर्न मन लाग्यो। उनी भन्छन,’मार्शल आर्ट धेरैले गरिरहेका छन। तर मलाई केहि नयाँ काम गर्न मन लाग्यो। यस बारे अध्धयन गर्दा मलाई देशको हात हतियार कलामार्फत अघि बढाउनुपर्छ भन्ने सोच आयो।’
यो खुकुरी नचाउने कला उनले ५/६ वर्ष देखि सिक्दै आएका छन्। यस अघि खुकुरीको रेकर्ड राखिएको छैन त्यसैले उनले नयाँ कृतिमान कायम गर्ने उनले बताए। उनलाई हात हतियारहरुसँग खेल्दा शुरुवातमा निकै घाउ चोट लाग्ने गर्दथ्यो। उनले मार्शल आर्ट सिकाउने पनि गर्छन। उनी भन्छन,’मार्सल आर्टको विदेशमा जस्तो क्रेज छैन। नेपालमा मार्सल आर्टको सम्भावना कम छ। धेरै ठाउँमा मैले आफ्नो प्रदर्शनी देखाए जहाँ नेता देखि बुद्धिजिबी पनि थिए तर चित्त बुज्दो प्रतिक्रिया पाइन्।’
किरण मार्शल आर्ट देखि अभिनयमा पनि अब्बल छन्। उनी आफै अभिनय गर्ने र अरुलाई सिकाउने समेत गर्छन। उनको कलाबाट प्रभावित भएर नयाँ फिल्महरुको पनि अफर आइरहेको छ। उनले भर्खरै एसकेएनको ब्यानरमा बनेको नयाँ फिल्म ‘यो माया कस्तो माया’मा अभिनय गरेका छन्। यस फिल्म चाँडै नै हलहरुमा आउन लागेकाले सबैलाई हेर्नको लागि पिएनपिखबरमार्फत किरणले आग्रह समेत् गरेका छन्।
किरण राई भन्छन,’आज सम्म खुकरीको रेकर्ड राख्ने कोहि छैन। आफ्नो कलालाई विश्व सामु चिनाउने, हात हतियारको कला सिकाएर युवाहरुको भविष्य निर्मण गर्ने योजना छ।’ उनी अब केहि समयपछि विश्व रेकेड राख्ने तयारी गर्ने छन्। के उनी गिनिज बुकमा आफ्नो नाम लेखाउन सफल होलान त ?
प्रतिक्रिया