कोलोराडोमा भानु जयन्ति संगै कवी गोष्ठी सम्पन्न

इनेप्लिज २०७५ साउन ६ गते १०:२४ मा प्रकाशित

नातिबाबु भट्ट
जुलाई २१, २०१८
कोलोराडो, अमेरीका
नेपाली भाषीक एकताका नायक आदिकवी भानुभक्तको २०५ औं जन्म जयन्तिको अवसरमा कोलोराडोमा कवी गोष्ठी समारोह सम्पन्न गरिएको छ ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आयोजनामा सनिबार नर्थग्लेन स्थित क्रसरोड चर्जमा आदीकवी भानुको सम्मानमा कवी गोष्ठी आयोजना गरिएको हो । गायिका उषाकिरण अधिकारी र अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढु¨ेलबाट भानुद्धारा लिखित “चपला अवलाहरु एक शुरमा, गुणकेशरीको फुललीई शिरमा” भन्ने गीतगाएर कार्यक्रम सुरु गरिएको थियो ।

न्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अध्यक्ष पदम बिश्वकर्माको प्रमुख आतित्थ्यतामा सम्पन्न कार्यक्रममा उपस्थित सबैले भानुको तस्विरमा फुलमाला चढाई श्रद्धा अर्पण गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी बिश्वकर्मा, सम्ाँजसेवी बुद्धी लामीछाने, रकी माउन्टेण्ड फ्रेण्डस अफ नेपालका अध्यक्ष बिनोद त्रीपाठी, साहित्यकार डा.विजयराज शर्मा र रत्नकाजी तुलाधरले भानुले नेपालीहरुको भाषीक एकतामा पु¥याएको योगदानको चर्चागरेका थिए । कार्यक्रममा कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, कवी, कवयत्री, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधारणको उपस्थिती रहेको थियो ।

संसारका ५० भन्दा बढी राष्ट्रहरुमा शाखा र सयौ च्याप्टरहरुमा फैलिएको यस संस्थामा कोलोराडोबाट आवद्ध ८४ जना आजिवन सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथी बिश्वकर्मा , डा विजयराज शर्मा र संस्थाका अध्यक्ष ढु¨ेलले, खादा पहिराई आजिवन सदस्यताको प्रमाणपत्र प्रदानगरि सम्मान गरेका थिए । सोही कार्यक्रममा अन्तराष्ट्रिय नेपाली साहित्य समाजले हरेक दुईबर्षमा आयोजना महिला सम्मेलनमा प्रदागर्ने डायस्फोरा विशिष्ठ महिला साहित्यकार सम्मानबाट सम्मानित प्रमिला शर्मालाई उहाको सम्मानपत्र हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमको दोश्रो सत्रमा सम्पन्न कवी गोष्ठीमा झण्डै एक दर्जन भन्दा बढि कवि, कवयत्री, गायक तथा कलाकारहरुले आ–आºनो सृजना प्रस्तुत गरेका थिए । कवि, कवयत्रीहरुले गद्य, पध्य, स्रिंगारीक जस्ता शैलीहरुमा कविता तथा गजलहरु बाचन गरेका थिए । यसरी कवीता बाचन गर्नेहरुमा साबु गदाल, विजय अधिकारी, हरि अधिकारी, पदम बिश्वकर्मा, डा.विजयराज शर्मा यसोदा भट्ट, कृष्णमुरारी ढु¨ेल, निर्मला शर्मा, प्रमिला शर्मा, तिर्थ बर्मा, मणी बस्नेत, नवराज घिमीरे लगायतका कवि कवयत्रीहरु रहेका थिए । कार्यक्रममा भानुभक्त्त फिल्ममा भानुको काकाको भुमीका निभाएका कलाकार तथा आयोजक संस्थाका अध्यक्ष कृष्णमुरारी ढु¨ेले फिल्मको छोटो अभिनय प्रस्तुत गरेका थिए ।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका उपाध्यक्ष मीना पौडेलको अध्यक्षतामा संम्पन्न कार्यक्रमा संस्थाका महासचिब श्याम श्रेष्ठले उपस्थित सबैलाई स्वागत गरेका थिए भने, अध्यक्ष कृष्णमुरारी ढु¨ेलले कार्यक्रम संचालन गरेका थिए ।
मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृती जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ सिर उठाई बाच्न आºनो देश चाहिन्छ” भन्ने मुल मन्त्रका साथ विश्वको ५० देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तराष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा कवि गोष्ठी तथा श्रष्ठा सम्मानको कार्यक्रम आयोजना हुदै आएको छ ।

प्रतिक्रिया