धरानका मेयर स्वर्गीय तारा सुव्वा प्रति भाबपूर्ण हार्दिक श्रद्दान्जली

इनेप्लिज २०७५ साउन ५ गते १९:१५ मा प्रकाशित

रोशन मेवाहागं –

सुनसरी,साउन ५। धरानस्थित पव्लिक माध्यमिक विद्यालयको प्रांगणमा नेपाल सरकारका विशिष्ट व्यक्तित्व उपप्रधानमन्त्री एवम् रक्षा मंन्त्रि ईश्वर पोख्रेल र १ नंम्बर प्रदेशका मुख्य मंन्त्रि शेरधन राईले स्वर्गीय सुब्बाको पार्थिव शरीर माथि राष्ट्रिय झण्डा र स्थाई कमिटी सदस्य एवम प्रदेश ईन्चाज भिम आचर्यले नेपाल कम्निष्ट पार्टि ( नेकपा) पार्टिको झण्डा ओडाउदै अन्तिम शद्दान्जली अर्पण गरेका थिए ।

मंन्त्रि पोख्रेलले शोक मन्तव्य व्यक्त गरीएको श्रद्दान्जली कार्यक्रममा छिमेकी क्षेत्रका उपमहानगरपालिका, नगरपालिका , कार्यपालिका कार्यकर्ता , नेता साथै जातिय संस्था, धार्मिक संघसंस्था, सरकारी संस्था, गैर सरकारी संस्था, विभिन्न विद्दालयका शिक्षक, बोडिगं स्कुलका शिक्षक, शुरक्षा कर्मि साथै पत्रकारहरुले स्वर्गीय सुब्बाको पार्थिव शरीर माथि अन्तिम श्रद्दान्जली अर्पण गरेका थिए ।

दशौ हजार उपस्थित रहेको शद्दान्जली कार्यक्रममा धरानका पूर्व प्रधानपँन्च बम देवान र पूर्व मेयर ध्यान बहादुर राईले समेत श्रद्दान्जली अर्पण गरेका थिए ।


निर्धारित समय दिनको १ बजे धरान पव्लिक माध्यमिक विद्दालयबाट सुब्बाको पार्थिव शरीरलाई नगर परिक्रमा गर्दै धरान वडा नंम्बर १९ स्थित हरियाली बन समुदायको प्रागणमा दोस्रो श्रद्दान्जली कार्यक्रम सम्पन्न गर्दै करिब ४ बजे निज स्वर्गीय धरानका मेयर तारा सुब्बाको पार्थिव शरिरलाई दश लिम्बुवान शत्रथुमको रितीरिवाज अनुसार समाधिष्ट गरिएको थियो ।

स्वर्गीय हुक्पाचोगबागं सुब्बा करिब दुई बर्षयता मृगौला ग्रसित बनिरहेका स्रोतले जनाएको छ । उनि साउन १ गते काठमाण्डौ स्थित ग्रान्डि इन्टरनेश्नल अस्पतालमा उपचारको क्रममा असामयिक निधन भएको हो ।

बुबा उजिर सिंग र कुलमाया इस्वो लिम्बुको कोखबाट तेरथुम, खागंवालुग्वा गाँउमा वि.स.२०२३ साल माग १७ गते कान्छा छोराको रुपमा उदाएका थिए । जन्मस्थानमा ३ कक्षा अध्ययन सकेलगतै झापा गोलधाप झरेका सुब्बाले निकेतन माध्यमिक विद्यालय सुनसरी ,धरानबाट वि.स. २०४२ सालमा प्रवेशिका उतिर्ण गरे लगतै सुब्बा क्रियाशील रुपमा राजनीतिक यात्रामा होमिएका थिए । राजनीतिक यात्राको शिलसिलामा वि.स. २०४६ सालमा स्वर्गीय सुब्बा बैबाहिक सम्बन्धमा बाधिएेका थिए ।

मुलुकमा करिब २० बर्षपछि २०७४ साल आषाढ १४ गते सम्पन्न स्थानिय प्रतिनिधि सभाको निर्वाचित चुनाबमा गत बर्ष तत्कालिक नेकपा एमालेको तर्फबाट सानदार विजय हुनु भएका सुब्बाले वि. स. २०७४ साउन २ गतेबाट धरान उपनगरपालिका नगर प्रमुखका कार्यभार सम्हालेका थिए ।

संयुक्त जिल्ला कमिटीको निर्णय अनुरूप पार्टिको झण्डा ३ दिन सम्म आधा झुकाउने र ३ दिन सम्म पार्टिको कुनै पनि कार्यक्रम नहुने उदघोषकले जानकारी गराएका थिए । उक्त श्रद्दान्जली कार्यक्रमलाई ईन्द्र बहादुर राईले संन्चालन गरेका थिए ।

प्रतिक्रिया