प्रवासी नेपाली मञ्चको प्रेश वक्तव्य

इनेप्लिज २०७५ साउन ५ गते १:४७ मा प्रकाशित

 


आदरणीय दाजु भाइ दिदि वहिनीहरु
हार्दिक अभिवादन
अमेरिकामा रहेका नेपालीहरुको हितमा प्रत्यक्ष रुपमा काम गर्नुका साथै मातृभुमि नेपाल र नेपालीहरुको सुख , सम्वृद्धिमा सहयोगी बन्ने लक्ष्यले स्थापित र संचालित हाम्रो सँस्था  प्रवासी नेपाली मंच अमेरिका सम्पूर्ण रुपमा समाजको हितमा क्रियाशील छ भन्ने यहाँहरुलाइ व्यतित नै छ l प्रवासी नेपालीहरुको हित अनि नेपाल र  नेपालीहरुको सेवामा लागेको सँस्था भएको हुनाले नेपालसँग जोडिएका विषयहरुले हाम्रो ध्यान तान्ने काम गरिनै रहने गरेको छ l नेपाल र नेपालीहरुको हित हुने काम हुँदा समर्थन र त्यस्तो नहुँदा विरोध पनि हामी गर्दै आएका छौं l कुनै वाद वा विचार भन्दा मानवीयता , देश र जनताहरुको हित ठुलो हुन्छ भन्ने मान्यता राख्ने हुनाले जुनसुकै  सरकारले गर्ने कामहरुलाइ पनि जनहितसंग जोडेर हेर्ने र बुझ्ने पनि हाम्रो परिचय रहँदै आएको छ l त्यसैले  नेपालमा मेडिकल शिक्षासंग जोडिएका कतिपय समस्या समाधान हुनुपर्छ भन्दै  डाक्टर गोविन्द केसीले पटक पटक गर्दै आउनु भएको अनशनहरुको वारेमा  पनि हाम्रो सँस्था जानकार छ l

वहाँले उठान गर्नु भएका कतिपय  जायज मागहरु पुरा हुनुपर्छ भनेर हाम्रो सँस्थासंग आवद्ध साथीहरुले बिभिन्न ढङ्गले आवाज उठाउँदै आउनु भएको पनि हो l जनताको स्वास्थ्य जस्तो संवेदनशील विषयसंग जोडिएका समस्याहरु समाधान हुनुपर्छ भनेरनै लोकप्रिय मत सहित निर्वाचित वर्तमान सरकारले पनि कोशिस गरिरहेको छ भन्दा अन्यथा हुनेछैन l यद्धपि मेडिकल शिक्षासंग जोडिएका समस्याहरु समाधान गर्दै अगाडी बढ्ने कोशिस अनुसार सरकारले अध्यादेश ल्याएको अवस्थामा त्यसमा उल्लेखित कतिपय प्रावधानहरु  प्रति असहमति जनाउँदै डाक्टर गोविन्द केसीले सदाझैं फेरी अनशन सुरु गर्नु भएको तथ्य जगजाहेर छ l लोकतन्त्रमा विरोध गर्न पाउने अधिकार सवैसंग हुन्छ , त्यसो हुनाले डाक्टर केसीले सुरु गर्नु भएको अनशनलाइ वाधा व्यवधान गर्नु भन्दा वहाँसंग बसेर समस्या समाधानको  निम्ती वार्ता गर्नु वान्छनीय हुनेछ l त्यसैले वहाँसंग वार्ता गर्ने सरकारी पहलको प्रवासी नेपाली मंच अमेरिका सराहना गर्दछ र लोकप्रिय जननिर्वाचित सरकार र डाक्टर गोविन्द केसीले वार्ता मार्फत समस्याको समाधान गर्नेमा हाम्रो सँस्था आशावादी रहेको जानकारी गराउन चाहन्छौं l

यसो भन्दै गर्दा मानवीय संवेदना समेतको प्रवाह नगरीकन अनशनरत डाक्टर गोविन्द केसीलाइ अनशन लम्ब्याउन उक्साउंदै आफ्नो राजनीतिक मानोकाँक्षा पुरा गराउने  कामहरु चलेकै छन र त्यही अनुसार सामाजिक संजाल देखि संचार माध्यमहरुसम्म अफवाह फैल्याउने देखि सरकार विरुद्ध मोर्चावन्दी गर्नेसम्मका  कामहरु चलेका छन, हामी त्यस्तो कार्यको निन्दा गर्दछौं l त्यति मात्रै नभएर नेपालका राजनीतिक दल विशेषसंगको निकटताकै नाममा नेपाली समुदायको साझा सँस्था हुनुपर्ने सँस्थाको नेतृत्वमा बसेर राजनीतिक दलको जस्तो वक्तव्य निकाल्ने तमासा पनि देखाइएको छ l  दर्जनौ पटक उही माग राखेर अनशन बस्ने  गोविन्द केसीको पक्षमा विगतमा कहिले पनि  चुँ समेत  नगर्नेहरुले अहिले कुनै दलकै कार्यकर्ताले  जसरि वक्तव्य निकालेर सरकारको विरोधमा आफुलाइ उभ्याउने  कार्यले  त्यस्ता सँस्थाको नेतृत्वले आफुलाई  मात्रै नभएर सिंगो संस्थालाइ नै  नेपाल र नेपालीको नजरमा  गिराउने अनि प्रवासी नेपालीहरुको  हकहित अधिकारको पक्षमा लाग्नेहरुलाइ समेत सोच्न वाध्य बनाउने खतरा रहन्छ  भन्ने  हाम्रो ठहर छ l त्यसो हुनाले सवैलाइ जिम्मेवारीपूर्ण व्यवहार गर्न , समस्यालाइ वल्झाउन भन्दा सुल्झाउने तर्फ अगाडी बढ्न अनुरोध गर्दछौं l फेरी पनि लोकतान्त्रिक रुपमा  अत्याधिक जनमत सहित निर्वाचित वर्तमान सरकार र डाक्टर गोविन्द केसीको विचमा हुने  खुल्ला र अर्थपूर्ण वार्ताले मात्रै समस्याको समाधान हुने हुनाले तत्काल वार्ताको निम्ती पहल , प्रयत्न र सहजताको निम्ती सवैमा अनुरोध गर्दछौं l

राधाकृष्ण देउजा
महासचिव

प्रतिक्रिया