बिजुली अफिसमै रक्सीपाटी, कुलमान चकित, प्रहरीले यसरी समायो (भिडियो)

इनेप्लिज २०७५ साउन १ गते ११:०४ मा प्रकाशित
सरकारी कार्यालय अगाडी नै कर्मचारीहरु बसेर रक्सी र मासु खाईरहेका थिए । कर्मचारी मात्र थिएनन् उनका परिवार र बालबच्चा पनि मासु चिउरा खान पाएकोमा खुसी थिए र भन्दै थिए बाबाले पार्टी छ भनेर ल्याउनु भएको, मासु भुजा खान पाईयो ।
प्रशंग हो नेपाल बिद्युत प्राधिकरण पोखरा ग्रिड शाखा लेखनाथको । हामीलाई कसैले सूचना दिएका थिए । प्राप्त खबर अनुसार हामी त्यहा पुगेका थियौं । हामी पुग्दा उक्त स्थानमा पार्टी छ भन्ने कुराको टुङ्गो बाहीर गेट बाटनै लाग्यो किनकी बाहीर गेटमा बस्ने सेक्युरीटी गार्डले पनि मासु चिउरा खाईरहेका थिए । सुरुमा उनले भित्र जान रोकेजस्तो थरे पछि हामी पनि उक्त पार्टीमा सहभागि हुने भनेपछि सेक्युरीटीले हामीलाई भित्र जान अनुमति दिए र आफ्नो ध्यान हामीतिर भन्दा बढी प्लेटको मासुतिर दिए । हामी अगाडी बढीयो । सरकारी कार्यलयको भवन अगाडीनै कार्यलय प्रमूख कैलाश पन्त सहित २३ जना कर्मचारी रक्सी र मासुको पार्टीमा थिए ।
सरकारी कार्यालयको अगाडी, भएभरका कर्मचारी र ब्राण्डेड रक्सीका बोत्तल तथा बियरका बोत्तल साथमा मासु भुजा÷चिउराको साथमा कर्मचारीहरु रमाईहरेको थिए । कता कता रिस उठिरहेको थियो । जनताको करबाट सरकारी तलब खाएर मोझ गर्नेहरु प्रति कता कता लाज पनि लागिरहेको थियो । यो दृश्य देखिरहँदा । हामी गएर फोटो÷भिडियो खिच्दा पनि ति कर्मचारीहरुमा कुनै संबेदनात्मक परिवर्तन देखिएन । उनिहरु हामीलाई हेर्दै प्लास्टिकको गिलासमा रहेको यो भोड्का र प्लेटको मासुको स्वाद लिईरहेका थिए ।

प्रतिक्रिया