अमेरिकामा Parents Day 2018 कार्यक्रम भब्य रुपमा, शान्तिका लागि राजदूत खनाल दम्पत्ती Parents of the Year 2018 घोसित र सम्मानित

इनेप्लिज २०७५ असार ३२ गते २३:५४ मा प्रकाशित
शान्तिका लागि संयुक्त राष्ट्रसंघ सँग मिलेर संसार भर काम गरिरहेको अन्तरराष्ट्रिय संस्था Universal Peace Federation को आयोजनामा भर्जिनिया अमेरिकामा Parents Day 2018 कार्यक्रम भब्य रुपमा सम्पन्न भयो ।
अमेरिकाको प्रसिद्ध मिडिया The Washington Times का अध्यक्ष एबम Universal Peace Federation का अध्यक्ष थोमस म्याक्डेभिटले अमेरिकामा रहेर Parents को भूमिकामा उल्लेखनिय योगदान दिएर समाजलाई उदाहरण प्रस्तुत गरेकोमा Universal Peace Federation का  शान्तिका लागि राजदूत ( Ambassador for Peace ) रामप्रसाद खनाल र श्रीमती तीर्था पौडेल लाई Parents of the Year 2018, America उपाधी सहित सम्मान गर्नुभयो । सो अबसरमा हिन्दू धर्मका विद्वान गुरु एबम राजधानी मन्दिर भर्जिनियाका संस्थापक एबम संस्थापक पूजारी गुरु अमरनाथले शख ध्वनी सहित मन्त्रोच्चारण गर्नुभएको थियो । अमेरिकी समाजका बिभिन्न प्रबुध्द ब्यक्तित्वहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा
म्याक्डेभिटले खनाल दम्पत्ती लाई समाजका उदाहरण भन्दै धेरै भन्दा धेरै जोडीहरुको नोमिनेशन मध्येबाट वहाँहरुलाई छानिएको बताउँदै दाम्पत्य जिबन, परिवार र समाजमा अशल पात्र बनेर देखाइने व्यबहारको ठुलो महत्व हुने बताउनुभयो । ति सबै कुराका लागि परिवार भित्रै आमा बाबु बनेर निर्वाह गर्नुपर्ने भूमिका अझ महत्वपूर्ण हुने बताउनुभयो ।
Parents of the Year को उपाधी र सम्मान पछि बोल्दै Universal Peace Federation का  शान्तिका लागि राजदूत ( Ambassador for Peace ) रामप्रसाद खनालले आफुहरुले पाएको यो सम्मानका लागि संस्था प्रति आभार ब्यक्त गर्नुभयो ।सोही अबसरमा अमेरिकाका लागि बिभिन्न देशमा गै युद्ध लडेका तिनजना नायकहरुलाई पनि सम्मान गरिएको थियो ।कार्यक्रममा म्याक्डेभिटले दाम्पत्य जीवन, आमा बाबु, परिवार र शान्तीका बिषयमा कार्यपत्र पेश गर्नुभएको थियो । विलियम सेलिगले सन्चालन गर्नुभएको उक्त कार्यक्रममा कार्यक्रम सन्योजक बार्बरा मोस्ली मार्क्सले कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा Parents Day केक काटिएको थियो भने दिवा भोजको पनि आयोजना गरिएको थियो ।
कार्यक्रमका केही तस्वीरहरु जो आफै समाचार यसरी बोल्छन :

प्रतिक्रिया