मस्को, ३२ असार । रुसमा भएको विश्वकपअन्तर्गत गोल्डेन बुट इंग्ल्यान्डका ह्यारी केनले जितेका छन् ।
प्रतियोगिताभरि सर्वाधिक ६ गोल गरेको केनले पानामाविरुद्ध ह्याट्रिक समेत गरे ।
उनी १९८६ विश्वकपमा गेरी लिनेकर (६ गोल)पछि सुनको जुत्ता जित्ने दोस्रो इंग्लिस खेलाडी बनेका छन् ।
पहिलो हाफमा २–१ ले टुंगेको यो विश्वकप १९७४ पछि हो । जसमा जर्मनी हल्यान्डविरुद्ध २–१ ले अग्रतामा थियो ।
फाइनल खेलमा ६ गोल बर्षेको १९६६ विश्वकपपछि अवसर जुत्यो ।
यसअघि चार विश्वकप फाइनल (२००२—२०१४) मा भएको गोलसंख्यासँग यो विश्वकपको फाइनलमा आएको गोलसंख्या बराबरी भयो ।
५१ औं मिनेटमा केही दर्शकले मैदान पसेर खेलमा बाधा तुल्याए । भिडियो एसिस्टेन्ट रेफ्री (भार) फाइनलमा पनि प्रयोग भयो ।
ग्रिजम्यानको पेनाल्टी गोल यो विश्वकपमा २४ औं हो ।
मान्डजुकिचको आत्मघाती गोल यो विश्वकपमा १२ औं हो । एम्बाप्पे पेले ९१९५८० पछि फाइनलमा गोल गर्ने पहिलो युवा खेलाडी बने ।
कूल १६९ गोलसंख्या भएको यो विश्वकपमा १९९८ र २०१४ मा भएको १७१ गोलको कीर्तिमान तोड्न २ गोलले पछि प-यो । एजेन्सी
प्रतिक्रिया