गैर आवासिय नेपाली संघ ,अन्तर्राष्ट्रिय समन्वय परिषद भाषा तथा साहित्य उप समितिले यस वर्षदेखि आदिकवि तथा राष्ट्रिय विभूति भानुभक्त आचार्यको २०५ औँ जन्मजयन्तीका अवसरमा भानुजयन्तिलाई अन्तर्राष्ट्रिय नेपाली भाषा र साहित्य दिवसका रुपमा मनाउने निर्णय गर्यो । अप्रिल ५ मा बसेको समितिको पहिलो बैठकमा मैले भानुजयन्तिलाई अन्तर्राष्ट्रिय नेपाली भाषा र साहित्य दिवसका रुपमा मनाउने प्रस्ताव राखेपछि सबैले एकैस्वरमा मञ्जुरी दिएका थिए । त्यसपछि नेपालमा चैत्र २९ गते अर्थात अप्रेल १२ लाई अन्तर्राष्ट्रिय मानक भाषा दिवसका रुपमा घोषणा गरिएको थियो । त्यसैले यसबारे सम्बन्धित समुहसँग वार्ता गर्ने जिम्मा मैले लिएर भानुभक्त जयन्तिलाई साहित्य दिवसका रुपमा मनाउने मञ्जुरी भएको थियो । त्यसबेला मैले सम्बन्धित वार्ताकारलाई भानुभक्तको जन्म दिनलाई भाषा साहित्य दिवसका रुपमा मनाउने व्यक्तिगत घोषणा वहाँकै उपस्थितिमा२०१३ नोभेम्बरमा अनेसासको डिसी बैठकमा गरेको स्मरण गराउदै यस वर्षदेखि गैर आवासिय नेपाली संघ ,अन्तर्राष्ट्रिय समन्वय परिषद भाषा तथा साहित्य उपसमितिले भानुजयन्तिलाई अन्तर्राष्ट्रिय नेपाली भाषा र साहित्य दिवसका रुपमा मनाउने निर्णय गरिसकेकोले सहयोग गर्न अनुरोध गरेर यसलाई विश्वव्यापीकरण गर्न सहयोगका लागि अनुरोध गरेको थिए । त्यहीँ अनुरुप गैर आवासिय नेपाली संघको सचिवालयले आफ्ना ७८ वटा राष्ट्रिय समन्वय समितिलाई जानकारी गराउन विज्ञप्ती जारी गरेपछि आप्रवासका सबै साहित्यिक संस्थाहरुले यस वर्षदेखि भानुजयन्तिलाई अन्तर्राष्ट्रिय नेपाली भाषा र साहित्य दिवसका रुपमा मनाएको समाचार आउन थालेको छ । यो हाम्रो भाषा साहित्यप्रतिको आत्मीयता हो । यसमा एउटा संस्थाले अनुमोदन गरेर नेपाली भाषा साहित्यलाई विश्वमा चिन्हाउन आव्हान गर्छ भने हामी सबै मिलेर त्यस कार्यलाई अघि बढाउनु पर्छ । यो सबैको साझा प्रयासको प्रतिफल हो । सन् २००० देखि फरवरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रुपमा मनाइन्छ भने अब हामीले भान’ जयन्ति मनाउँदा भानुजयन्तिलाई अन्तर्राष्ट्रिय नेपाली भाषा र साहित्य दिवसका रुपमा मनाउने हौं । भाषा रहे हामी रहन्छौं र हाम्रो अस्तित्व रही रहन्छ ।
क्यानडामा सन् २००४ मा स्थापना भएको नेपाली साहित्य समाज, क्यानडाले भानु जयन्ति निरन्तर मनाउँदै आएको छ । त्यसबेला साहित्यप्रति रुचि भएका श्रोता पाउन गाहे हुने गथ्र्यो । त्यसैले हामीले भानु जयन्तिमा फुटबँल मेचको कार्यक्रम राखेर भानु र भकुण्डोबीच समन्वय गराएर कार्यक्रम संचालन गर्दै आएका थियो । त्यसैलाई निरन्तरता दिदै यसपटक गैर आवासिय नेपाली संघ क्यानडा र टोरोन्टो नेपाली स्पोर्ट क्लबसँग मिलेर नेपाली साहित्य समाजले २०५ औं भानु जयन्ति मनायो । क्यानडाका लागि महामहिम राजदूत कालिप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा गत शनिवार वुलाई १४ का दिन भानु र भकुण्डो कार्यक्रम आयोजना गरियो । साहित्य र समाज सेवीका बीच भएको भकुण्डो खेलमा समाज सेवीले विजय प्राप्त गरेर रियलेटर व्यापारमा आवद्ध लक्ष्मण सुवेदीबाट २५० डलर नगद पुरस्कार टोरोन्टो नेपाली स्पोर्टलाई प्रदान गरिएको थियो ।
प्रारम्भमा एनआरएन क्यानडाका महासचिव चिरन्जिवी घिमिरे संचालन गर्नु भएको कार्यक्रमलाई साहित्य समाजका महासचिव रवि थपलियाले कविता वाचन कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रमलाई कवितामय बनाउन केदार बस्नेत, मञ्जु आचार्य, प्रह्लाद उप्रेती,चन्द्र पन्थी, टंक डोरङ्गा, रविन्द्र लम्साल, डा. गोबिन्द रावत, चिरन घिमिरे, गोपीकृष्ण काफ्ले, दिपक श्रेष्ठ, रमेश थापा, खेम गुरागाई, रमेश प्रसाई,रविन्द्र आचार्य, प्रदिप पौडेल, रविन थपलिया, विनोद पौडेल, डा. अनुपमा पौडेल आदिले काव्यवाचन गर्नु भएको थियो । एनआरएन, क्यानडाका अध्यक्ष गोपीकृष्ण काफ्लेको अध्यक्षतामा आयोजित भानु र भकुण्डो कार्यक्रमको संयोजन डा. गोबिन्द रावतले गर्नु भएको थियो ।
प्रतिक्रिया