विजय थापा ,वाशिंगटन डिसी ,नेपालमा अहिले सम्म पनि पुरुषहरु महिला वर्गले नै घरमा पकाई दिएमा खुसि हुन्छन । पुरुषले बाहिरको काम गर्ने मात्र हो भन्ने पनि सोचिन्छ । बिज्ञानको र संचारको चरम विकास र समयले फड्को मारेता पनि अन्त्यमा भान्सामा काम गर्ने स्त्री वर्ग नै हुन्छन ।
हुन् पनि हो ,हाम्रो मुलुकमा महिलाहरुनै यस्ता काम गर्न उस्ताद हुन्छन र जान्दछन । झर्को मान्दैनन ,तर पुरुषहरु पनि महिला भए पछि अल्छि मान्दछन । तर गाठी कुरा के भने यदि हामीमा पकाउने कला छ भने अमेरिकामा काम नाथे त ? कति हो कति पाइन्छ ।
तर पकाउन भन्ने बित्तिकै गुन्द्रुक ,साग ,दालभात र गोलभेडाको अचार मात्र बनाए जस्तो हुदैन । मिठो पकाउन र विभिन्न परिकार र अझ अन्तर राष्ट्रिय प्रकारका पकाउन जानियो भने अमेरिकामा तु काम पाइन्छ ।
तसर्थ भात मात्र हैन अन्य चिज पकाउन जान्ने बाजे हुनु पर्यो । अर्थात् भान्से हुनु पर्यो । नेपालीहरु पनि धनि हुदै गएकोले चमेना गृह धमाधम खुली रहेकोले यस्तो काम जानेको छ भने बेरोजगार हुने हो कि भन्नु पर्दैन । काम पाइन्छ ।
अमेरिकामा बिभिन्न पेशा मध्ये चमेनागृह तथा भोजनालयमा राष्ट्रिय देखि अन्तर्राष्ट्रिय खाना पकाउन खप्पिस भान्से बाजे र बज्यैको चाँदी कटाई हुन्छ ।
तर उप्पलो दर्जाको टाउके भयो भने निकै उत्तम तर उसका मातहतका रही काम गर्नेले पनि राम्रो आम्दानी नै कमाउने गरेका छन् l अचेल यो पेशा नेपाली समुदायलाई फापेको छ l पाँच तारे देखि सामान्य स्तरका चमेना गृह तथा अन्तर्राष्ट्रिय भोजनालयमा काम गर्ने भान्से (सेफ / कुक ) राम्रो द्रब्य कमाउने भएकोले नेपालीहरु पनि भान्से हुन् रहर गर्नेको संख्यामा वृद्धि भएको छ l
घरेलु भान्से बज्यै र भान्से बाजेको प्रसंगमा यहाँ प्रसंग जोडिएको हैन l उहिले सेतो धोति लगाएर ब्राम्हणले भात पकाए चोखो हुने हुनाले निजि घरमा ब्राम्हण जातीको धेरै माँग पनि हुन्थ्यो l भान्से बाजे या बज्यै लाई २ बर्षे प्रविणता प्रमाण पत्र तह (आई ए ) तथा ४ बर्षे पाठ्यक्रम पढ्नु पर्ने हुन्छ l अ
ब्बल दर्जाको अंक तथा अनुभवी भएमा विश्व भर जताततै भनेको काम पाउने भएकोले अधिकांसले अमेरिका ,युरोप तथा अस्ट्रेलिया तथा अन्य राष्ट्रमा भान्से बाजे पुगेका हुन्छन l
अमेरिकामा सूचना प्रबिधि तथा अन्य प्राबिधिक पढाई जस्तै यो बिषयमा स्नातक गरेको छ भने राम्रो आम्दानी हुन्छ l र भान्से बाजे तथा बज्यै अरु भन्दा झर झराउदा, खाईलाग्दा ,पुक्क गाला ,आकर्षित ,रातोपिरो गाला तथा पाखुरा दह्रो पनि हुन्छन किनभने उनीहरुको हातमा डाडु पुनिउ हुन्छ l
भान्छा घर नै आफ्नो हात जगतनाथ हुन्छ l अन्तरंग (इन्डोर )रुपमा काम गर्नु पर्ने हुनाले कसैले नदेख्ने हुन्छन भने अरु धेरै काम बहिरंग (आउट डोर )रुपमा काम गर्नु पर्ने हुन्छ l नेपालका आफन्त र छर छिमेकलाई अमेरिकामा गएर पनि भात पो पकाउछ अरे भन्ने खिसी सुन्नु पर्दैन ।
अमेरिकामा सेफ अर्थात् भात पकाउने मुख्य बाजेको जागिरको भबिष्य अत्यन्तै राम्रो देखिएको छ l २०१६ सम्ममा अमेरिकामा ११ प्रतिसतले यो जागिरको वृद्धि हुने छ भनि आंकडा निकालेको छ l यसको बिश्व भर मांग बढी रहेकोले बिशेष त नेपाली भान्से बाजे संसारको सम्वृद्धि शालि मुलुकहरुमा जाने गरेको देखिएको छ l
यो जागिरमा जति बर्ष अनुभव बटुल्यो द्रब्य (पैसा )त्यति नै बढ्ने भएकोले यसमा बृद्ध र उमेर अलिक बढ्ता भन्ने हुदैन l नेपाली समुदायका पुरुषहरुले काम गर्ने देखिएता पनि महिलाहरु कम रहेका छन् l
यो पेसामा असिमित श्रीसृजनात्मकता हुन्छ l भान्सेले आफै बिबिध खाने कुराको रचना गर्न सक्दछन l कसरि ब्यापार वृद्धि गर्ने भन्ने उनीहरुलाई डाडु पुनिउ दिएकोले अनेक प्रकारका खानाका परिकारको निर्माण गर्न सक्दछन l प्रतिभा प्रस्फुटन हुन्छ र भबिष्य उज्जवलमय पनि बन्न सक्छ
असिमित खान पाइने हुन्छ l पेट कहिले पनि भोको रहदैन l भोजनालयमा रहेको व्यंजन-सूचीको ज्ञाता नै भान्से हुन्छन l भान्सेलाई पौष्टिक बारेमा ज्ञान धेरै हुन्छ l
पाँच तारे र अन्य भोजनालयको भान्सेको ईज्जत ठुलो हुन्छ l निजि घरमा जस्तो हुदैन l भान्से भान्छाको कलाकार नै हुन्छन l राम्रो कमाई हुने हुनाले भान्से पेशा मर्यादित हुन्छ l
अधिकांस भान्सेहरु खुशी देखिन्छन l मर्दादित पेशा एकातिर छ भने अर्को तर्फ आम्दानी निरन्तर आउने भएकोले नेपाली समुदाय पनि यसमा संलग्न हुदै गरेका छन् l खान र जीवन धान्नको लागि नै पाखुरी चलाउने भएकोले खाई रहने जागिर पाउदा अझ राम्रो l
पिरो ,अमिलो र चखिलो स्वादको जिब्रो नेपाली समुदायको भएकोले राष्ट्रिय तथा अन्तर राष्ट्रिय भोजनालयमा यी सबै हुने हुनाले त्यो भन्दा ज्यादा के चाहियो र ? तर पकाउन भने पछि काडा उम्रिने लाई यो पेश पट्टकै हुदैन । पकाउने कुरा गर्यो कि निधार खुम्च्याउने लाई पनि यो पेशा हुदैन । नेपाल बाट अमेरिका आउने हो भने पकाउन जानिएको छ भने अमेरिकामा काम फ्यालाफ्याल पाइने हुन्छ ।
प्रतिक्रिया