शनिबार, असोज ३० २०७८
काठमाडौं ०८:३८
वासिङटन डिसी 22:53

पोखरा महानगरका मशाहाखा प्रमुख पौडेलको शव भेटियो

इनेप्लिज २०७५ असार ३० गते ९:५१ मा प्रकाशित

पोखरा, ३० असार । पोखरा लेखनाथ महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव २१ दिनपछि तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको छ ।

असार ९ गते बिहान पोखराबाट हराएका पौडेलको शव शनिबार बिहान भीमाद–६, सेती नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।
शव फुलेको, गलेको अवस्थामा भेटिएको छ । आफन्त तथा परिवारले शवको पहिचान गरेका छन् ।

शव भेटिएको जानकारी पाउनेबित्तिकै परिवारका सदस्य तथा आफन्त भीमाद पुगेका थिए । शव देखेपछि निधारको चोट, हात, खुट्टा र हुलियाअनुसार परिवारले पहिचान गरेको प्रहरीले जनाएको छ ।

असार ९ गते बिहानै घरबाट हिँडेका पौडेलले महेन्द्रपुलस्थित सेती नदीमा हाम फालेका थिए । पौडेलले आत्महत्या गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ

प्रतिक्रिया