कृष्ण पहाडीसहित ३१ जना मानवअधिकारवादी बालुवाटारबाट पक्राउ

इनेप्लिज २०७५ असार ३० गते ९:४८ मा प्रकाशित

काठमाडौँ, ३० असार । प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्ने क्रममा मानवअधिकारीवादी कृष्ण पहाडीसहित ३१ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ ।

प्राध्यापक डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग सहित शनिबार बालुवाटारमा धर्ना दिन पुगेका पहाडीसहितका मानवअधिकारकर्मीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई महानगरीय प्रहरी बृत्त सिंहदरबारमा राखिएको छ । मानवअधिकारकर्मीहरुले विभिन्न माग राख्दै जुम्लामा अनसनरत केसीको माग पूरा गरी अनसन तोडाउने वातारण मिलाउन सरकारलाई दबाब दिँदै आएका छन् ।

प्रतिक्रिया