अमेरिकामा सगुनले ‘सगुन फाउण्डेशन” स्थापना गरेको घोषणा गर्दै १० लाख डलर बराबरको इक्युटी शेयर (स्वामित्व  शेयर) छुट्याएको सार्बजनिक 

इनेप्लिज २०७५ असार २९ गते २:०० मा प्रकाशित

विजय थापा ,वाशिंगटन डिसी ,अमेरिकामा नेपालीहरु द्वारा स्थापना गरिएको सगुनले ‘सगुन फाउण्डेशन” स्थापना गरेको घोषणा गर्दै $ १० लाख डलर बराबरको इक्युटी शेयर (स्वामित्व शेयर) छुट्याएको सार्बजनिक गरेको छ ।

पत्रकार भेटघाट कार्यक्रम मार्फत उक्त जानकारी गराएको हो । उक्त ‘सगुन फाउण्डेशन” स्थापना गरेको घोषणा साथै १ मिलिएन ( १० लाख अमेरिकन डलर ) बराबरको इक्युटी शेयर (स्वामित्व शेयर) छुट्याएको समेत सगुनका सस्थापक गोविन्द गिरीले जानकारी दिएका छन् ।

सस्थापक गोविन्द गिरिले सगुन यो अवस्था सम्म आई पुग्दा समाजका व्यक्ति, संघसंस्था, संचार माध्यम ,सर्वसाधारण ,लगानीकर्ता, शुभेच्छुक, सहयोगी सबैमा आफु व्यक्तिगत तर्फबाट र सगुन समूहको तर्फबाट धन्यवाद दिएका छन् ।

‘सामाजिक सेवाका क्षेत्रमा काम गर्ने मूल उद्धेश्य सहित गैर नाफा मूलक संस्था सगुन फाउण्डेशन’ स्थापना गरिएको बताए । उनले आउँदा दिनहरुमा सगुन ‘ को विकाससंगै ‘सगुन ’ ले फाउण्डेशनलाई सहयोग गर्ने धानराशिमाा पनि बृद्धि गर्दै जाने बताए ।

‘सगुन फाउण्डेशन’ मुख्यरुपमा ‘सगुन’ को मातहतमा सञ्चालन हुने र यो संस्था विशुद्ध सामाजिक काम गर्ने भएको हुंदा यसमा जो कसैले पनि स्वेच्छिकरुपमा आर्थिक सहयोग वा सेवा प्रदान गर्न सक्ने बताए ।

गिरिले अमेरिकी सरकारको नियम कानून अन्तर्गत रहि सगुन फाउण्डेशनले मुख्यरुपमा समाजमा अर्थपूर्ण सकारात्मक परिवर्तन ल्याउन मद्धत पुग्ने गरि सगुन समुदाय लगायत बिश्व समुदाय को हितका खातिरमा हुने कामहरु जस्तैः स्वास्थ्य, शिक्षा, रोजगार सिर्जना, समुदायको विकास, उद्यमशीलता अभिबृद्धि गर्ने, मानवीय सहयोग आदि सामाजिक कामहरु गर्ने बताए ।
यसै गरि कार्यक्रममा सह संस्थापक कविन्द्र सिटौलाले अझ सगुन प्रतिष्ठानको बारे थप जानकारी दिएका थिए । डिसी क्षेत्र कै सामाजिक अभियन्ता तथा अर्थविद प्रेम संग्रौलाले पनि आफ्ना कुराहरु राख्दै शुभकामना दिएका थिए ।

कार्यक्रममा प्रश्न उत्तर पनि राखेको हुदा केहि सहभागीहरुले जिज्ञाशा पनि राखेका थिए । संयोगबस अमेरिकाको भ्रमणमा रहेका कान्तिपुर राष्ट्रिय दैनिकका सृजनशील सम्पादक अखण्ड भण्डारीकोले पनि सहभागिता जनाएका थिए भने कार्यक्रम संचालन परशु तिमिल्सिनाले गरेका थिए ।

प्रतिक्रिया