लेखा परीक्षण गराउँदैनन् सामुदायिक विद्यालयल

इनेप्लिज २०७५ असार २७ गते ११:२६ मा प्रकाशित

बैतडी, २७ असार । जिल्लाका अधिकांश सामुदायिक विद्यालयले लामो समयसम्म लेखा परीक्षण गराएका छैनन् । शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रराज अवस्थीका अनुसार धेरैजसो विद्यालयले लेखा परीक्षण नगरेको पाइएको हो ।

उहाँले भन्नुभयो, “विद्यालयल आफैले लेखा परीक्षकको नाम सिफारिश गरेर यस पठाउनुपर्नेमा त्यसो नगरेकाले यस इकाइले नै लेखा परीक्षकका लागि दर्खास्त आह्वान गरेको छ । विद्यालयले हरेक आर्थिक वर्षको अन्त्यमा लेखा परीक्षण प्रतिवेदन बनाउनुपर्ने कुरा शिक्षा ऐनमै उल्लेख भएको इकाइ प्रमुख अवस्थीले बताउनुभयो ।

जिल्लाका ४१८ आधारभूत विद्यालय र १२३ माविमध्ये एक/दुई विद्यालयले मात्रै नियमितरुपमा लेखा परीक्षण गरेको विद्यालय निरीक्षक शंकरदत्त जोशीले बताउनुभयो । सामुदायिक विद्यालयले समयमै लेखा परीक्षण नगर्दा विभिन्न खालका समस्या देखापरेका छन् ।

जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्वीराजले भन्नुभयो, “शिक्षण संस्था पारदर्शीताको पाठ पढाउने संस्था भएकाले ती संस्थाले समयमै लेखा परीक्षण गराउन आवश्यक रहेको छ ।”

सरकारको कमजोरीका कारण लामो समयसम्म पनि लेखा परीक्षण हुन नसकेको चनैराज माध्यमिक विद्यालय श्रीकोटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम भट्टले बताउनुभयो ।

“विद्यालयमा दरबन्दीअनुसारको शिक्षक नहुँदा यस्तो समस्या आएको हो”, उहाँले भन्नुभयो, “लेखापालले नै शिक्षण गर्नुपर्दा समस्या बढेको हो ।

प्रतिक्रिया