सोमबार, मंसिर ३ २०७५
काठमाडौं ०७:०१
वासिङटन डिसी 20:16

डा. गोविन्द केसीलाई काठमाडौँ ल्याउन सरकारले हेलिकोप्टर जुम्ला पठायो

इनेप्लिज २०७५ असार २७ गते १०:५९ मा प्रकाशित

काठमाडौँ, २७ असार । जुम्लामा अनसनरत बसिरहेको प्राध्यापक डा.गोविन्द केसीलाई लिन सरकारले नेपाली सेनाको हेलिकोप्टर जुम्ला पठाएको छ ।

डा.केसीको स्वास्थ्य अत्यन्तै नाजुक बनेको भन्ने सूचनाका आधारमा सरकारले उनको जीवन रक्षाका लागि भन्दै काठमाडौंबाट हेलिकोप्टर जुम्ला पठाएको हो ।

दिउँसो तीन बजे एमआई सेभेन्टिन् नम्बरको हेलिकोप्टर काठमाडौंबाट जुम्लाका लागि उडेको उच्च स्रोतले जानकारी दियो । डा. केसी १२ दिनदेखि जुम्लामा १५ औँ पटक अनशन बसिरहेका छन् ।

आजै मात्र स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सरकार केसीसँग वार्ता गर्न तयार रहेको एउटा सार्वजनिक कार्यक्रममा जानकारी दिएकी थिइन् । त्यसका लागि केसी जुम्लाबाट काठमाडौँ आउनुपर्ने उनको भनाई थियो ।

पछिल्लो समय केसीपनि सरकारसँग वार्ता गर्न सकारात्मक रहेका छन् । उनले आज बिहान सरकारले वार्ताका लागि बोलाए आफूहरु वार्ता गर्न तयार रहेको बताएका थिए ।

प्रतिक्रिया