अमेरिकाका समाचारवाचक महिला स्लिभलेस (बिनाबाहुला ) मा तर पुरुष सुट(दुई टुक्रा कठालो फित्ता सहित ) वस्त्र लगाएर किन समाचार भन्छन ?

इनेप्लिज २०७५ असार २७ गते १:३४ मा प्रकाशित

विजय थापा ,अहिले अमेरिकामा ग्रिष्म मौसम चलिरहेको छ । अर्थात् बर्ष कै सबै भन्दा ज्यादा गर्मि हुने महिना पर्दछ । हुन् त् फेशन (भेषभुषामा ) कहिले पनि जाडो हुदैन भन्ने सुनेको छु ।

शायद त्यसैले होला ,जाडो महिनामा पनि युवती तथा महिलाहरु स्लिभलेस (बाहुला बिना)को लुगा लगाउन मन पराउद्छन । पुरुष या किशोरहरु पनि कम छैनन् । हिऊ पर्ने मौसममा पनि बिना बाहुला पाखुरा देखाएर हिड्नेको जमात कम छैन ।

संसारमा जहाँ पनि खेलकुदमा बिशेष बास्केटबल(टोकरी भकुण्डो )खेलमा पुरुषहरुले अधिकांश रुपमा बिना बाहुलाको गन्जी लगाउद्छन । महिलाले पनि लगाउद्छन ।

तर मैले बुझ्न नसकेको हो या के हो ? सन्दर्भ अमेरिकाबाट संचालित अधिकांश दूरदर्शन (टेलिभिजन ) मा काम गर्ने समाचारवाचक महिलाहरु या युवतीहरुले अधिकांश रुपमा समाचार वाचन गर्दा लगाउने वस्त्र को हो ।

किन यस्तो वस्त्र लगाएर आएको होला भन्ने मेरो जिज्ञाशा हैन ? यस प्रति आपत्ति पनि हैन । जसले जे लगाए पनि मेरो टाउको दुखाई कदापि हैन भनि बुझी दिनु होला ।

अमेरिकाका मूलधारका संचार माध्यम बिशेष गरि दूरदर्शन (टेली भिजन) मा काम गर्ने महिला समाचार वाचिकाहरु अधिकांशले स्लिभलेस(बाँकटे) लुगा लगाएको पाइन्छ । आफु पनि संचार क्षेत्रमा लागेको हुनाले पुरुष समाचारवाचक चै सदैव चिटिक्क चटक्क भएर समाचार पढ्ने देखिन्छ ।

तर महिलाहरु पाखुरा देखाएर समाचार पढेको देख्दा किन पुरा बहुला भएको नलगाएको होला भन्ने मनमा खुल्दुली लागेको छ । यसैले कलम चलाउन सकसक लागेर दुई चार शब्द लेख्ने मन लाग्यो । त्यति मात्र हैन पुरुष सदैव औपचारिक पेशागत रुपमा सुट (दुई या तिन टुक्रा ) लगाएर समाचार भनि रहेका हुन्छन । किन विभेद होला भन्ने मनमा पनि परेको छ ।

यस्तो पनि सोच्ने गर्छु महिलाले पाखुरा देखाएर समाचार पढे झैँ , पुरुष समाचारवाचकले पनि ठुला र मांसपेशी भएको पाखुरा देखाएर समाचार भट्याए पनि हुने थियो जस्तो लाग्दछ ।

यस्तो गर्दा पुरुषलाई अलिक शोभा नदिने होकी ? मैले नजानेको कुरा । कि पुरुषलाई यसो गर्दा भद्दा देखिने भएर हो कि ? महिला जस्तै पुरुषले बाहुला बिनामा समाचार पढ्दा कठोर या राम्रो नसुहाउने हो कि ? त्यसो भनेर शायद होला कि पुरुष समाचार वाचकलाई बन्देज गराईएको हुन् पनि सक्छ । आज सम्म महिला समाचार वाचकले मात्र स्लिभ लेस लगाएर समाचार भट्याई रहेको दैनिक देखिन्छ ।

महिलाले यस्तो वस्त्र लगाउदा कुनै अप्ठ्यारो हुदैन । अन्य प्रस्तुतिको प्रसंगमा जोड्ने प्रयास नभई केवल समाचार पढ्ने ( न्युज रिडर ) को प्रशङ्ग मा जोड्न खोजेको मात्र हु ।

महिलालाई गर्मि ज्यादा हुनाले हो भनियो भने गलत हुइञ्छ । शरीरमा महिला तथा पुरुषमा उस्तै तापक्रम रहेको हुन्छ अलिकति मात्र फरक हुन्छ । अमेरिका जस्तो देशमा घर बाहिर हिड्यो भने मात्र गर्मि हुन्छ । नत्र अमेरिकामा सबै ठाउँमा वातानुकुलित (एयर कन्डिसन ) हुन्छ ।

समाचार पढ्ने कक्षमा पनि झन् शितल हुन्छ । कहिँ कतै गर्मि भन्ने चिज नै हुदैन । तर पनि बिचरा पुरुष समाचार वाचकहरु खाईलाग्दो राम्रो सुन्दर तथा दुई टुक्रामा चिटिक्क परेर कठालो फित्ता (टाई ) समेत उपस्थित भै समाचार पढदछ्न । तर महिलाहरु केवल अधिकांश बाँकटे वस्त्रमा समाचार १० बर्ष देखि देखि रहेको छु ।

के रहेछ यो भन्ने उत्सुकता मात्र लागेको हो ? महिलाको शरीर गर्मि भएर पनि हैन यो ? फेशन (भेषभूषा) प्रदर्शन गर्न उनीहरु आएका पनि हैनन् जस्तो मलाई लाग्दछ ।

महिलाहरुलाई सजिलो वस्त्र भएर त्यसो गरेको पनि हुन् सक्छ । नेपाल ,भारत लगायत मुस्लिम देशमा सम्भवत समाचार वाचक महिलाले पाखुरा देखाउने गरेको देखिदैन । यसो भन्दैमा अन्य कार्यक्रममा बिना बाहुला गरेको प्रस्तुति गर्दैनन् भन्ने होईन । बिश्वका कैयौ देशमा ड्रेस कोड (पोशाक नियम अर्थात् साझा पोशाक ) हुन्छ । तर अमेरिकामा नेपाल ,भारत र युरोपियन मुलुक जस्तो हुदैन ।

अमेरिकामा अनौपचारिक वस्त्र लगाउने चलन भएर होला महिला समाचार वाचकले पनि सदैव जस्तो पाखुरा प्रदर्शन सहित बाँकटे लुगा लगाउने चलन भएको होला भन्ने ठान्दछ ।

यसमा कुनै अप्ठ्यारो लाग्ने कुरा पनि केहि छैन । महिलाहरुले यसरी स्लिभलेस(कुम देखि तल सवै हात )प्रदर्शन गर्दै समाचार पढदै गरि रहदा पुरुष समाचार वाचकले पनि लह लहैमा किन नगर्ने भनेर कालान्तरमा यसो गरेमा के होला ? मेरो मनमा आएको सानो कुरा मात्र ।

यसो गर्दैनन् पुरुषहरुले । महिलाहरुलाई अनुमति छ । अमेरिकाका नाम चलेका अन्तरराष्ट्रिय संचार माध्यममा समाचार वाचक महिलाहरुले यस्तो वस्त्र लगाएर समाचार भट्याएको देखेर कौतुहलता मात्र लागेको हो । र ,कलम चलाउन औडाहा भएर कलम घुमाएको मात्र हो ।

कुनै आग्रह या पूर्वाग्रह रहित यो सानो कोशेली पाठक वर्गमा पस्कने जमर्को गरेको मात्र हु । कसैलाई होच्याउने र आत्मसम्मानमा ठेस लगाउने उद्धेश्य पटक्कै हैन ।

अझ पनि मलाई कौतुहलता कै बिषय बनेको छ। किन महिलाले मात्र बाँकटे लगाएर समाचार पढेको होला कि पुरुषले नगरेको होला भन्ने लागि रहन्छन । तर यसको कुनै तुक र तर्क छैन होला भन्ने लागेको छ । यहाँहरुका केही सुझाव र सल्लाह भए प्रतिक्षामा रहने छु ।

प्रतिक्रिया